☰ open Loading... 8 November 2025|  

सुडीगाउँमा प्रत्येक घरमा खानेपानी धारा
  | ८ मंसिर २०७८, बुधबार ०५:३३

जुम्ला -जुम्लाको तिला गाउँपालिका–६ सुडीगाउँमा प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको छ। खानेपानी आयोजना निर्माणका लागि प्रत्येक घरले ७९ दिन काम गरेका थिए।

कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम(क्याप्स कर्णाली परियोजना) अन्तर्गत धारा जडान गरिएको हो।

अहिले प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको सुडीगाउँकी स्थानीय गौरीकला रावलले बताइन्। स्थानीय धनबहादुर रावतले खानेपानी आयोजना निर्माण गरेबापत (क) र (ख) वर्गका ९७ घरले प्रतिघरले ५७ हजार ६३२ रुपैयाँ पाएको बताए। आयोजना सम्पन्न गर्न ८४ लाख ८५ हजार ५१७ रुपैयाँ खर्च भएको पेस नेपाल जुम्लाले जनाएको छ।