☰ open Loading... 5 November 2025|  

थारु पत्रकार कोष स्थापना
  | १६ पुष २०७३, शनिबार १३:१७

बर्दिया । थारु पत्रकार सङ्घ बर्दियाले थारु समुदायको समग्र विकासमा योगदान पु¥याउने व्यक्ति तथा निकायलाई थप हौसल्ला प्रदान गर्ने उदेश्यले थारु पत्रकार अक्षयकोष स्थापना गरेको छ ।

थारु भाषा साहित्य, कला र संस्कृतिका र अधिकारका लागि कलम चलाउन प्रेरित गर्न रु ५० हजारको उक्त कोष स्थापना गरेको सो अवसरबाट उनीहरुको क्षमता विकास गर्न थप मद्दत पुग्ने थारु पत्रकार सङ्घका सचिव भागीराम चौधरीले जानकारी दिए ।

साथै थारु पत्रकारको वृद्धि विकासका लागि क्षमता अभिवृद्धि गर्न विविध प्रकारका प्राविधिक तथा प्रतिवेदन लेखनको तालिम सञ्चालन गर्दै भविष्यमा थारुको कुशल पत्रकारिताको विकासका लागि बाटो पहिल्याउन पनि जोड दिने सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष सञ्जु चौधरीको अध्यक्षतामा बसेको बैठकले, इच्छुक नागरिक, सङ्घका सदस्य, सहयोगी व्यक्ति, सरकारी तथा गैरसरकारी सङ्घ संस्था र निकायबाट कोषका लागि रकम सहयोग गर्न आग्रह गरेको छ ।