
सर्वसाधारणलाई हवाई टिकट पाउनै मुस्किल
प्रकाशित मितिः ८ कार्तिक २०७८, सोमबार ०५:१०
जुम्ला । जुम्लाको हवाई सेवा सुधारका लागि पटक पटक छलफल बहस र निर्णय भएपनि अझै सुधार हुन सकेको छैन । जुम्लाको हवाई सेवा विगतदेखि हाल सम्म पैसा र पावरवालाको मुठ्ठीमा छ । फोनकै भरमा टिकट बुकिङ हुने हप्ता दिन देखि धाइरहेका सर्वसाधारणले टिकट नपाउने समस्या अझै विद्यमान छ ।
मनपरी भाडा लिने, आफ्नो चिनेका मात्र टिकट दिने तर अघिल्लो पर्खेका गाउँका नागरिकलाई विभिन्न बहानामा घर फर्काउने, सेडुल अनुसार उडान न