☰ open Loading... 22 December 2024|  

Author: Admin

जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण उडान

जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण उडान

    प्रकाशित मितिः २६ असार २०८१, बुधबार १९:४६
जुम्लाको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ । पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलोपटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दा
कर्णालीको बजेट खर्च सधैं ओरालो

कर्णालीको बजेट खर्च सधैं ओरालो

    प्रकाशित मितिः २६ असार २०८१, बुधबार १६:१६
कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयनमा कमजोर देखिँदै आएको छ। पछिल्ला आर्थिक वर्षको बजेटको खर्च बढ्नुको सट्टा झन् ओरालो लागेको देखिन्छ। प्रदेश सरकारको चालू आर्थिक वर्षमा बजेट खर्च ५४.६७ प्रतिशत मात्रै छ। सरकारले चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४० करोड बराबरको बजेट ल्याएको थियो। उक्त बजेट मध्ये २० अर्ब १५ करोड ३९ लाख ७३ हजार १६२ रुपैयाँ मात्रै खर्च गर्न सक्यो। प्रदेश सरकारले चालू आर्थिक वर्षलाई
वेश्यावृत्ति गराएको अभियोगमा दुईजना पक्राउ

वेश्यावृत्ति गराएको अभियोगमा दुईजना पक्राउ

    प्रकाशित मितिः २६ असार २०८१, बुधबार १६:१४
नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो । सिन्धुली होटल ढिँडो सर्भिस् एन्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारी गेष्ट हाउसम
पहिरोले पुरिएर युवकको मृत्यु, डुबानमा फसेका परिवारको उद्धार

पहिरोले पुरिएर युवकको मृत्यु, डुबानमा फसेका परिवारको उद्धार

    प्रकाशित मितिः २६ असार २०८१, बुधबार १६:१२
अविरल वर्षापछिको पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ। कास्की प्रहरीका अनुसार पहिरोले पुरिएर  पोखरा महानगरपालिका–२७ सहेलापाटाका २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो। कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माका अनुसार पहिरोले स्थानीय ५१ वर्षीय मनबहादुर थापाको घर पहिरोले पुरिएको थियो। घरभन्दा करिब २० मिटर माथिबाट झरेको पहिरोले घर पुरिँदा थापाको मृत्यु भएको प्रहरीले बताएको छ। शर्माका
रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

    प्रकाशित मितिः २५ असार २०८१, मंगलवार १४:४६
रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९
खस्किँदै कर्णालीको शैक्षिक गुणस्तर

खस्किँदै कर्णालीको शैक्षिक गुणस्तर

    प्रकाशित मितिः २५ असार २०८१, मंगलवार १४:४०
वार्षिक परीक्षा सञ्चालन हुने बेलासम्म पुरै सेट किताब नपाउने कर्णालीमा बर्सेनि शैक्षिक गुणस्तर खस्किँदै गइरहेको छ । विगत तीन वर्षको माध्यामिक परीक्षा (एसईई) को नतिजा हेर्दा प्रदेशको शैक्षिक गुणस्तर खस्किँदै गएको देखिन्छ ।  असार १३ मा सार्वजनिक भएको २०८० को एसईई नतिजामा सबैभन्दा कमजोर नतिजा कर्णालीको रह्यो । परीक्षा दिएका मध्ये आधा भन्दा बढी विद्यार्थीहरू अनुत्तीर्ण हुन पुगे । ०८० को एसईई परी
विपद्का घटनामा कर्णालीमा ५ को मृत्यु, १७ घाइते

विपद्का घटनामा कर्णालीमा ५ को मृत्यु, १७ घाइते

    प्रकाशित मितिः २५ असार २०८१, मंगलवार १४:३३
असार १ देखि २४ गतेसम्मको अवधिमा मनसुनजन्य विपद्का घटनामा परी कर्णाली प्रदेशमा ५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी, पहिरो, चट्याङलगायतका घटनामा परी उनीहरूको मृत्यु भएको हो । प्रहरीकाअनुसार असार १७ गते जाजरकोटमा पहिरोले घर भत्किँदा भेरी नगरपालिका–५, ईब्रा गाउँका ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको थियो । यस्तै शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलामा पानीको बहाव बढेसँग
देशभर बाढीपहिरोले ४१ पुल बगायो, १० करोड बढीको क्षति

देशभर बाढीपहिरोले ४१ पुल बगायो, १० करोड बढीको क्षति

    प्रकाशित मितिः २५ असार २०८१, मंगलवार १२:४४
अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन भने रु १० करोडभन्दा बढीको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो। जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र पाँचजना वेपत्ता भएका छन्। बाढीपहिराका कारण तीन सय ८१ पशु चौपायको
बस दुर्घटना, ८ जना घाइते

बस दुर्घटना, ८ जना घाइते

    प्रकाशित मितिः २५ असार २०८१, मंगलवार ०८:३३
रुपन्देही तिलोत्तमा आज बिहान बस दुर्घटनामा परेको छ । तिलोत्तमा २ शंकरनगरमा बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको हो । बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम रहेको छ । अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बसमा १६ जना सवार थिए
६ दिनदेखि कर्णालीका जिल्लामा हवाई सेवा रोकियो

६ दिनदेखि कर्णालीका जिल्लामा हवाई सेवा रोकियो

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार २१:०८
लगातार पानी परेपछि कर्णाली प्रदेशका हिमाली जिल्लामा पाँच दिनदेखि हवाईसेवा अवरुद्ध भएको छ । यही असार १९ गतेयता कर्णालीका चार हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण, सिमिकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार डोल्पा, मुगु, जुम्ला र हुम्लामा हवाई उडान अवरुद्ध छ । नेपालगन्जबाट तारा, सीता र समिट एयरको जहाजले हिमाली चार जिल्लाका लागि उडान भर्ने तयारी गरे