☰ open Loading... 22 December 2024|  

Author: Admin

अझै खुलेन कर्णाली राजमार्ग र करिडोर

अझै खुलेन कर्णाली राजमार्ग र करिडोर

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार २०:२५
पहिरोले तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग र करिडोर अझै खुलेको छैन । राजमार्गको विभिन्न ६ ठाउँ र करिडोरको ३ ठाउँमा पहिरो गएर पुर्णरुपले बन्द भएको कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक र कर्णाली करिडोर खुलालु हुम्ला सडकको पहिरोसहितको ढुंगा हटाउन नसक्दा सडक खुल्न नसकेको हो ।
रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढीको मृत्यु

रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढीको मृत्यु

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार २०:१४
युक्रेनको राजधानीस्थित एक बाल अस्पताल लगायतका क्षेत्रमा रूसको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यसैगरी, मध्य युक्रेनी सहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कुलले बताएका छन् । केही महिनायता किएभमा भएको यो सबैभन्दा ठूलो बमबारी थियो । युक्रेनी वायु सेनाकाअनुसार दिनदहाडै गरिएको आक्रमणमा रूसको सबैभन
७७ वर्षयताकै सबैभन्दा धेरै वर्षा कञ्चनपुरको दोधारामा

७७ वर्षयताकै सबैभन्दा धेरै वर्षा कञ्चनपुरको दोधारामा

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार १४:३४
नेपालमा वर्षा मापन हुन थालेयता सबैभन्दा धेरै वर्षा कञ्चनपुरको दोधारामा रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो स्टेसनमा पछिल्लो २४ घन्टा (सोमबार बिहानसम्म)मा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको छ, जुन नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै हो। स्वचालित रहेको यो स्टेसन २४ फेब्रुअरी २०२४ मा मात्र स्थापना भएकाले यस क्षेत्रमा यसअघि कतिसम्म वर्षा भएको थियो भनेर तथ्यांक छैन। तर, मौसमविद्ह
बाढीपहिरोमा परेर हालसम्म ७० को मृत्यु

बाढीपहिरोमा परेर हालसम्म ७० को मृत्यु

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार १४:२६
अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए ।
वर्षात सुरु भएयता बाढीपहिरोले १५ को मृत्यु

वर्षात सुरु भएयता बाढीपहिरोले १५ को मृत्यु

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार १०:३५
अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका घटनामा परी पछिल्लो दुई दिनमा देशभर १५ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । आइतबार साँझसम्म ३ जना बेपत्ता छन् । नेपाल प्रहरी केन्द्रीय कार्यालयले बाढीपहिरोमा परी शनिबार र आइतबार मात्रै काठमाडौं उपत्यकासहित कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा १५ जनाको मृत्यु भएको पुष्टि गरेको हो । शनिबार यताको भारी वर्षात्का कारण सबैभन्दा बढी गण्डकी प्रदेशम
आज पनि देशका केही भागमा भारी वर्षा हुने

आज पनि देशका केही भागमा भारी वर्षा हुने

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार १०:३०
हाल सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्
बाढीले कैलालीको जनजीवन प्रभावित

बाढीले कैलालीको जनजीवन प्रभावित

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार १०:२१
लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ । स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन् । नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरू बालबच्
बाघको आक्रमणबाट तीन महिला घाइते

बाघको आक्रमणबाट तीन महिला घाइते

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार १०:१४
दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए। आज विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो। केसीको दुवै हातमा सामान्य
वर्षा भोलि (सोमबार)देखि घट्ने

वर्षा भोलि (सोमबार)देखि घट्ने

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार २१:३९
शुक्रबारदेखिको झरी सोमबार थामिने भएको छ। तर, कोशी र गण्डकीमा भने सोमबार पनि वर्षा कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखा भोलिदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउने देखिएको जनाएको छ। ‘भोलिदेखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ। तर, भोलिदेखि के
सुर्खेतमा खोलाले बगाउँदा बालिका बेपत्ता

सुर्खेतमा खोलाले बगाउँदा बालिका बेपत्ता

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार २१:३५
सुर्खेतमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन्। सुर्खेतको सिम्ता गाउँपालिका–९ खान्मकी ९ वर्षीया मनीषा बादी खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। आइतबार दिउँसो स्थानीय कुदाल खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।