☰ open Loading... 22 December 2024|  

Author: Admin

एक महिनामा ६२ जनाको मृत्यु

एक महिनामा ६२ जनाको मृत्यु

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार २१:३१
मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु,चार जना बेपत्ता र ९० जना घाइते भएका छन्। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो। केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्
मुगुमा यार्सालगायत सामान लुट्ने समूहका तीन जना सार्वजनिक

मुगुमा यार्सालगायत सामान लुट्ने समूहका तीन जना सार्वजनिक

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार २१:१७
गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले आइतबार पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिकाका–३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठाउँका पूर्णप्रसाद भण्डारी र वडा नं. ४ का कमल थापा रहेका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चनेलेख नजिकको
हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार २०:१८
हुम्लाको सर्केगाडका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, तत्कालीन उपाध्यक्ष जोसी धामीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अ
जेलर एक लाख घुस र स्रोत नखुलेको ५० हजारसहित पक्राउ

जेलर एक लाख घुस र स्रोत नखुलेको ५० हजारसहित पक्राउ

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १८:२१
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) कारागार कार्यालयमा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोदकुमार दत्त एक लाख रूपैयाँ घुस र स्रोत नखुलेको ५० हजार रूपैयाँसहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनलाई आइतबार कारागारमा रहेको कारागार प्रशासकको निवासबाट उक्त रकमसहित नियन्त्रणमा लिएको हो । सेवाग्राहीलाई काम गरेबापत पाउने सेवा सुविधा द
अविरल वर्षाका कारण कर्णाली राजमार्गको पहिरो पन्छाउन समस्या

अविरल वर्षाका कारण कर्णाली राजमार्गको पहिरो पन्छाउन समस्या

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १६:२५
शुक्रबारदेखि परिरहेको अविरल वर्षातका कारण पहिरो गएर अवरुद्ध भएको कर्णाली राजमार्ग अझै खुलाउन सकिएको छैन । निरन्तर वर्षात् भइरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको हो । साथै एक ठाउँको पहिरो पन्छाउन नसकिँदै अर्को ठाउँमा पहिरो जान सुरु भएको छ । विशेष गरी राजमार्गको कालिकोट–जुम्ला, कालिकोट–मुगु सडक खण्डमा पहिरो गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक पोषण थाप
पहिरोले सुर्खेत–दैलेख सडक पनि अवरुद्ध

पहिरोले सुर्खेत–दैलेख सडक पनि अवरुद्ध

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १६:२१
अविरल वर्षातका कारण पहिरो गएर सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि दैलेख सदरमुकाम जोड्ने उक्त सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू आवतजावत रोकिएको छ । उक्त सडकको गुराँस गाउँपालिका–४ तालपोखरी र रिठाको बिचमा पहिरो गएको हो । दैलेख प्रहरीका अनुसार बाटो पूर्ण रूपमा अवरुद्ध भएको र बाटो खुलाउने पहल भइरहेको छ ।
कर्णाली प्रदेशमा बिहानदेखि विद्युत् अवरुद्ध

कर्णाली प्रदेशमा बिहानदेखि विद्युत् अवरुद्ध

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १६:१९
कर्णालीमा आइतबार बिहानदेखि विद्युत् अवरुद्ध भएको छ । सुर्खेत जिल्ला अन्तर्गत लेकबेशी नगरपालिका–६, हिलेशोतामा रुख ढलेर विद्युत् तारमा क्षति पुर्‍याउँदा विद्युत् अवरुद्ध भएको हो । कोहलपुर–सुर्खेत ३३ केभी अन्तर्गतको मुख्य लाइन अवरुद्ध भएपछि सुर्खेत, दैलेख, कालिकोट हुँदै माथिल्लो कर्णालीमा जिल्लाहरू विद्युत् विहीन बनेका हुन् । विद्युत् तार बनाउन अझै केही समय लाग्ने विद्युत् प्राधिकरण सुर्खेत वि
आज यी नदीमा बाढीको जोखिम उच्च

आज यी नदीमा बाढीको जोखिम उच्च

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १६:१६
देशभर मनसुन सक्रिय भएसँगै विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । अविरल वर्षासँगै बाढी पहिरोका घटना बढिरहेका छन् । बाढी पूर्वानुमान महाशाखाले आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ । त्यसैगरी आज आज झापा, मोरङ, सुनसरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, बारा, गोरखा
पहिरोमा पुरिएर ७ जनाको मृत्यु

पहिरोमा पुरिएर ७ जनाको मृत्यु

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १६:१५
वितेको २४ घण्टाको अवधिमा पहिरोमा पुरिएर देशका विभिन्न स्थानमा ७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पर्वतको फलेवास नगरपालिका-१ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र स्याङ्जा आँधीखोला गाउँपालिका-३ पाखरीगोर ढुङ्गा बस्ने ३२ वर्षीय तुलसी प्रसाद शर्माको मृत्यु भएको छ । पहिरो जाँदा उनीहरू पुरिएको भन्ने खबर प्राप
कर्णालीका ५ राजमार्ग अवरुद्ध, ५ दिनदेखि हवाई सेवा पनि ठप्प

कर्णालीका ५ राजमार्ग अवरुद्ध, ५ दिनदेखि हवाई सेवा पनि ठप्प

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १२:२२
शुक्रबारदेखि परेको वर्षाका कारण कर्णालीका पाँच राजमार्गका सड्क अवरुद्ध भएको छ भने हिमाली जिल्लाका सबै हवाई सेवासमेत ठप्प भएको छ । प्रदेशमा रहेका मुख्य पाँच राजमार्ग कर्णाली, मध्य पहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी कोरिडोरका सड्क खण्ड अवरुद्ध भएका हुन् । अविरल वर्षाका कारण कर्णाली राजमार्गमा चार, मध्य पहाडीमा चार र राप्ती राजमार्गमा दुई, मदनभण्डारीमा एक र भेरी कोरिडोरका तीन ठाउँमा बा