☰ open Loading... 27 November 2024|  

दुर्घटना

फोर्स दुर्घटनामा घाईतेहरुको विवरणसहित

फोर्स दुर्घटनामा घाईतेहरुको विवरणसहित

    प्रकाशित मितिः २३ कार्तिक २०८१, शुक्रबार १८:१५
फोर्स दुर्घटनामा घाईतेहरुको विवरणसहित १,जि.दैलेख नारायण न.पा.४ बस्ने बर्ष २८ को चन्द्र मल्ल हात खुट्टामा चोट अवस्था मध्यम । २,जि.दैलेख भैरबी गा.पा.३ बस्ने बर्ष २८ की जगत कुमारी बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम । ३,निजको छोरा बर्ष अ.२ को स्माईल आचार्य हात खुट्टामा चोट अवस्था सामान्य । ४,निजको छोरी बर्ष ६ की स्मारिका आचार्य हात खुट्टामा चोट अवस्था सामान्य । ५,ऐ.ऐ.बस्ने बर्ष १२ को राजन थापा ह
सुर्खेत–दैलेख सडकमा फोर्स गाडी दुर्घटना, ४ जनाको मृत्यु

सुर्खेत–दैलेख सडकमा फोर्स गाडी दुर्घटना, ४ जनाको मृत्यु

    प्रकाशित मितिः २३ कार्तिक २०८१, शुक्रबार १६:५५
सुर्खेत–दैलेख सडकखण्डको वीरेन्द्रनगर–१४ स्थित रातानाङ्ग्ला नजिक शुक्रबार दिउँसो फोर्स गाडी दुर्घटना हुँदा $ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान खुल्न बाँकी छ। प्रहरीका अनुसार भिरालो ठाउँमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भइरहेको छ।
सुर्खेत–दैलेख सिमानामा फोर्स गाडी दुर्घटना

सुर्खेत–दैलेख सिमानामा फोर्स गाडी दुर्घटना

    प्रकाशित मितिः २३ कार्तिक २०८१, शुक्रबार १४:५८
सुर्खेत–दैलेख सडक अन्तर्गत दैलेख र सुर्खेतको सिमाना क्षेत्रमा फोर्स गाडी दुर्घटना भएको छ । प्रहरी घटनास्थलमा पुग्दै गरेको जनाइएको छ । घाइते १३ जनालाई प्रदेश अस्पताल ल्याउने तयारी भएको जनाइएको छ । गाडी सडक देखि धेरै तल खसेको छ । उद्दारमा समस्या देखियको छ । घटनाबारे थप विवरण भने आउन बाँकी छ ।
अटो दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते

अटो दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते

    प्रकाशित मितिः २३ कार्तिक २०८१, शुक्रबार १३:१४
अटो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाँसगढी नगरपालिका–८ ककौराका ५९ वर्षीय दिर्घ नारायण पंगेनीको बिहीबार साँझ ६ बजे मृत्यु भएको हो। बाँसगढी नगरपालिका–४ मटेरिया चोक स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिहीबार दिउँसो लक्ष्मणा देखि बाँसगढी तर्फ जाँदै गरेको भे १ च ४६८ नम्बरको अटो अनियन्त्रित भई सडक देखि पाँच मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ। बाँसगढी नगरपालिका–६ का ५
चितवनमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु, ६ जना घाइते

चितवनमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु, ६ जना घाइते

    प्रकाशित मितिः २३ कार्तिक २०८१, शुक्रबार ०९:११
चितवनमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।नारायणगढ मुग्लिन सडक खण्डको १७ किलो भन्ने स्थानमा आज बिहान ३ बजेतिर माइक्रोबस र बस ठोक्किएका थिए। मुग्लिङबाट नारायणगढ जाँदै गरेको बाप्र ०६-००१ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बाप्र ०३-००१ ख २८१२नम्बरको बस ठोक्किदा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो। माइक्रो
अटो दुर्घटनामा ६ जना घाइते

अटो दुर्घटनामा ६ जना घाइते

    प्रकाशित मितिः २२ कार्तिक २०८१, बिहीबार ०९:४५
नवलपरासीको कुम्सोतमा मंगलबार साँझ भएको अटो दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मंगलबार साँझ साढे ५ बजेको समयमा कुम्सोतबाट दल्दलेतर्फ आउँदै गरेको प्रदेश नम्बर ४ पी ००१ हृ ००७२ नम्बरको अटो नियन्त्रण गुमाएर दुर्घटना भएको हो । घाइतेहरुको देवचुली अस्पताल दल्दलेमा उपचार भइरहेको हो ।
कपासेमा हाइस दुर्घटना हुँदा २६ जना यात्रु घाइते

कपासेमा हाइस दुर्घटना हुँदा २६ जना यात्रु घाइते

    प्रकाशित मितिः २१ कार्तिक २०८१, बुधबार २०:१९
कपासे व्यारेक नजिक सडक खण्डमा फोर्स गाडि दुर्घटना सुर्खेतको भेरीगंगा नगर पालिका -१० झिलमिलेबाट पिकनिकका लागि वीरेन्द्रनगरको कटकुवा गएर फर्किदै गरेको फोर्स गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । नेपाली सेनाको कपासे व्यारेक नजिक गेट अगाडिको मोडबाट खानेपानी ट्यांकीतर्फ कर्णाली प्रदेश ०२०१ ख ०१८८ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते भएका २६ जना घाइते भएका छन् । घाइतेहरुको प्रदेश अस्पतालमा उपचार भ
कर्णाली प्रदेश : दसैँ–तिहारमा १०२ वटा सवारी दुर्घटना, १९ जनाको मृत्यु

कर्णाली प्रदेश : दसैँ–तिहारमा १०२ वटा सवारी दुर्घटना, १९ जनाको मृत्यु

    प्रकाशित मितिः २१ कार्तिक २०८१, बुधबार ०७:२७
दसैँ–तिहारमा कर्णाली प्रदेशमा १०२ वटा सवारी साधनहरू दुर्घटना भएका छन् । असोज १७ गतेदेखि कार्तिक १९ गतेसम्म ३३ दिनमा ती दुर्घटनाहरू भएका हुन् । प्रदेश प्रहरी कार्यालयका अनुसार ती दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने १८४ जना घाइते भएका छन् । दसैँको अवधिमा मात्रै ४९ वटा सवारी दुर्घटना भएका थिए भने ६ जनाको मृत्यु भएको थियो । यस्तै ८६ जना घाइते भएका थिए । तिहारमा त्यो भन्दा बढी दुर्घटना भएको हो
अर्घाखाँची बस दुर्घटना अपडेट : दुईको मृत्यु, १८ घाइते

अर्घाखाँची बस दुर्घटना अपडेट : दुईको मृत्यु, १८ घाइते

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार २०:२०
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाँटीमा भएको बस दुर्घटनामा मृतकको संख्या दुई र र घाइतेको संख्या १८ पुगेको छ । वडा नं ५ र ६ को सिमाना पर्ने जयठाँटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो । बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षी
भैलो खेलिरहेको स्थानमा बस खस्यो, एकको मृत्यु २० जना घाइते

भैलो खेलिरहेको स्थानमा बस खस्यो, एकको मृत्यु २० जना घाइते

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार १९:४६
अर्घाखाँचीमा भैलो खेलिरहेको स्थानमा बस खस्दा एक जनाको मृत्यु र २० जना घाइते भएका छन्। भूमिका स्थान नगरपालिका वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजे ना ३ ख २४७१ नं को बस दुर्घटनामा परेको हो । बस ‘ब्रेक फेल’ भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बस खसेकै स्थानमा स्थानीय एक भैली समूह भैलो खेलिरहेको जनाइएको छ । जहाँ भैलो खेलिरहेकैमध्ये एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्य