☰ open Loading... 24 November 2024|  

कृषि/पशु

प्याज लुकाएर मनपरी मूल्य

प्याज लुकाएर मनपरी मूल्य

    प्रकाशित मितिः २४ मंसिर २०८०, आईतवार २१:२१
व्यवसायीहरुको नियोजित हड्ताल र भारतको प्रतिबन्धका कारण बजारमा प्याजको हाहाकार भएको छ । भारतले शनिबारबाट लागू हुनेगरी प्याजको निर्यातमा रोक लगाएको छ । तर त्यसअघि नै मंसिर १९ गतेदेखि नेपालमा प्याजको कारोबार गर्ने व्यापारीहरुले प्याजको कारोबार ठप्प बनाएका थिए । व्यापारीहरुको प्याज बिक्री हड्तालकै बीच भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा अहिले प्याजको कालोबजारी सुरु भएको छ । आयातकर्ताहरुले सीम
मौरीले ल्यायाे मुहारमा खुसी

मौरीले ल्यायाे मुहारमा खुसी

    प्रकाशित मितिः २४ मंसिर २०८०, आईतवार ०९:३५
बागलुङ नगरपालिका-१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छिन्। उनले यो काम गर्न थालेको तीन वर्ष पुगिसक्यो। माैरीपालनले उनकाे मुहारमा छाएकाे छ। उनले भनिन्, “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेकी हुँ। यसमा श्रीमानको साथ र सहयोग पनि रहेको छ।” अहिले पाठककको मौरीफार्ममा ४५ मौरीसहितका घार छन्। उनले बाख्रापालनभन्दा मौरीपालनबाट राम्रो आम्दानी भएको बताइन्। उन
हातपाखुरा चल्दासम्म भेँडीगोठमै

हातपाखुरा चल्दासम्म भेँडीगोठमै

    प्रकाशित मितिः २४ मंसिर २०८०, आईतवार ०७:४२
समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जंगल । त्यही जंगलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौं गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर गर्छन् । ती गाडीका आवाजले भेडीगोठालेलाई छुँदैन । उनीहरु आफ्नै धुनमा भेडा
सुन्तलाबाट लाखौं कमाउँछन् किसान

सुन्तलाबाट लाखौं कमाउँछन् किसान

    प्रकाशित मितिः २३ मंसिर २०८०, शनिबार १८:५३
यतिबेला स्याङ्जाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याई नभ्याई छ। स्थानीय किसानसँगै सहरबाट आएका ठेकेदार पनि सुन्तलाबारीमै थपिएका छन्, जसले सिंगो सुन्तला बगैंचा नै ठेक्का लिएका छन्। सुन्तला उत्पादनमा पहिचान कमाएको स्याङ्जा यतिबेला सुन्तलामय बनेको छ। यतिसम्मकी सिद्धार्थ राजमार्ग भएर आउजाउ गर्नेले पनि अहिले सडक किनारमै चाहेजति सुन्तला किन्न पाउँछन्। र

जाजरकोटको शिवालय गाउँपालिकामा कृषी मेला प्रदर्शनी हुने

    प्रकाशित मितिः १९ मंसिर २०८०, मंगलवार १८:०९
जाजरकोटको शिवालय गाउँपालिकामा कृषी मेला प्रदर्शनी हुने भएको छ । कृषी उत्पादनलाई प्रोत्साहन एवम् कृषी प्रबद्र्धन गर्ने उद्धेश्यले आगामी मंसिर २७ गतेदेखि मंसिर २९ गतेसम्म शिवालय गाउँपालिका–३ को ऐरेली बजारमा प्रदर्शनी हुने भएको हो । रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न साथै गाउँपालिका भित्रका किसानलाई प्रोत्साहन गर्ने उदेश्यले दुईदिने कृषि मेला प्रदर्शनीको आयोजना गरिए
कृषि जमिनमा ३४.४ प्रतिशत महिलाको स्वामित्व

कृषि जमिनमा ३४.४ प्रतिशत महिलाको स्वामित्व

    प्रकाशित मितिः १४ मंसिर २०८०, बिहीबार १७:२६
नेपालका ३४ दशमलब ४ प्रतिशत महिलाले कृषि जमिनको स्वामित्व पाएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३४ दशमलब ४ प्रतिशत महिलासँग कृषि जमिनको स्वामित्व छ । संयुक्त राष्ट्रसंघको दिगो विकास (एसडीजी)का १७ वटा लक्ष्यमध्ये पाँचौँ लक्ष्य लैङ्गिक समानता र महिला सशक्तिकरणसँग सम्बन्धित छ । सोही लक्ष्यको १ नम्बरको ‘ए’ मा कानुन बमोजिम महिलालाई आर्थिक स्रोतसाधनमा समान अ
उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

    प्रकाशित मितिः १४ मंसिर २०८०, बिहीबार १७:१८
कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन्। उनीहरूले गत वर्षको अनुदान पाउन सकेका छैनन्। सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिंदै आएको छ। सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदान बापतको रकम उपलब्ध गराउने व्यवस्था छ। तर, कञ्चनपुरका उखु किसानले भने गत वर्षको अनुदान पाउन सकेनन्। उखु उत्
‘मुर्रा’ राँगा राष्ट्रिय पशु प्रजनन कार्यालय पठाउन सुरु

‘मुर्रा’ राँगा राष्ट्रिय पशु प्रजनन कार्यालय पठाउन सुरु

    प्रकाशित मितिः ८ मंसिर २०८०, शुक्रबार ०५:३३
भारतले उपहार स्वरूप दिएका मुर्रा राँगा सम्बन्धित ठाउँमा पठाउन सुरु गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उपहार स्वरूप दिने भनिएका १५ वटा ‘मुर्रा’ राँगा बुधबार राती नेपालगन्ज ल्याइएको थियो। भारतको पञ्जावबाट राँगालाई स्थल मार्ग हुँदै नेपालगन्जस्थित पशु क्वारेन्टाइन कार्यालयको होल्डिङ याडमा राखिएकोमा बिहीबार दिउँसोबाट सम्बन्धित ठाउँमा पठाउन सुरु गरिएको हो। पशु क्वारेन
भोलि रुपैडिया नाकाबाट १५ मुर्रा राँगा भित्रिने

भोलि रुपैडिया नाकाबाट १५ मुर्रा राँगा भित्रिने

    प्रकाशित मितिः ५ मंसिर २०८०, मंगलवार १५:०६
बाँकेको नेपालगन्जस्थित रुपैडिहा–जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याउन लागिएको छ । भारतले पठाएको १५ वटा मुर्रा जातको राँगा रुपैडिहा–जमुनाहा नाकाबाट भित्र्याउने तयारी भएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए । नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेसँगै भारतले राँगा हस्तान्तरण गरेको उनको भनाइ छ । भारतले १५ वटा राँगा पठाइसकेको कृषि तथा पशुपन्छी व
बेंसी झर्दै हिमाली क्षेत्रका भेडीगोठ

बेंसी झर्दै हिमाली क्षेत्रका भेडीगोठ

    प्रकाशित मितिः २ मंसिर २०८०, शनिबार १३:४६
चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडा पालक जाडो छल्न बेंसी झर्न थालेका छन्। जुम्लाका ८ वटै स्थानीय तहका भेडा पालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेंसी झर्ने गर्छन्। उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेंसीतर्फ झार्नु परेको भेडा पालक किसानहरू बताउँछन्। हिमाली क्षेत्रको चिसो कम हुने ठाउँहरूमा भेडीगोठ सार्ने गरिन्छ। चरन क्षेत्रमा हिमपात हुने हुँदा भेडाबाख्रा