☰ open Loading... 24 November 2024|  

कृषि/पशु

मकै बालीमा गबारो किराको प्रकोप

मकै बालीमा गबारो किराको प्रकोप

    प्रकाशित मितिः २९ जेष्ठ २०७८, शनिबार ०७:३४
सल्यान- सल्यानमा किसानले लगाएका मकै बालीमा गबारो र फेद कटुवा किराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित भएका छन्। मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित भएका हुन्। दुईपटक गोडिसकेको मकै किराले काटेर सखाप बनाएको कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका दीपेन्द्र रेउलेले बताए। दुईपटक विषादी हाल्दा पनि कम नगरेको उनको भनाइ छ। रातको समयमा मकैको फेदमा आएका किरालाई मार्ने गरे पनि ५÷६ रोपनीमा किरा
जुम्लाका किसानलाई मार्सी धान रोपाइँको चटारो

जुम्लाका किसानलाई मार्सी धान रोपाइँको चटारो

    प्रकाशित मितिः २५ जेष्ठ २०७८, मंगलवार ०५:११
    हुम्ला- हुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरको शेरा जीउलामा मार्सीधान रोपिएको छ । कोरोना कहरकाबीच भव्य रुपमा मार्सीधान रोपाइँ गरिएको हो । प्राचिनकालदेखि यो जीउलोमा धुमधामले धान रोप्ने गरिन्छ । यो पटक भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर रोपाइँ चलेको हो । गुठि समितिका अध्यक्ष पुर्णसिंह कठायत कोरोना कहरबीच पनि मार्सीधान रोप्ने काम भएको बताउँछन । उनले भने,‘ मास्क लगाएर सामाजिक तथ
खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट

खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट

    प्रकाशित मितिः २१ जेष्ठ २०७८, शुक्रबार ०६:४५
काठमाडौँ,। निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो । नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा ती कम्पनीका प्रमुख
लकडाउनले किसानलाई छोएन

लकडाउनले किसानलाई छोएन

    प्रकाशित मितिः १५ जेष्ठ २०७८, शनिबार ११:५७
  सल्यान — कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण अधिकांश क्षेत्र ठप्पजस्तै हुँदा किसानलाई बाली लगाउने चटारो छ ।सल्यानमा ग्रामीण क्षेत्रका किसान स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएरै खेतीको काममा जुटेका छन् ।सदरमुकाम र व्यापारिक केन्द्रमा निषेधाज्ञा पालना गरिए पनि गाउँमा यसको कुनै प्रभाव छैन । दुई सातादेखि दैनिकजसो वर्षा हुन थालेपछि किसानलाई बाली लगाउने व्

कोरोनाका कारण यार्सागुम्बा संकलनमा रोक

    प्रकाशित मितिः १० जेष्ठ २०७८, सोमबार ०६:४६
मुगु । मुगुमा पाइने अमूल्य यार्सागुम्बा कोरोना महामारीका कारण वनमा नै खेर जाने भएको छ । कोरोना संक्रमण स्थानीय स्तरमा नै फैलिएपछि गाउँपालिकाले यार्सागुम्बा संकलनमा रोक लगाएपछि करोडौंको यार्सागुम्बा वन मै खेर जाने भएको हो ।स्थानीय स्तरमा नै कोरोना संक्रमण फैलिएको भन्दै मुगुमकार्मारोङ्ग गाँउपालिकाको कार्यपालिकाले बैठकले यो वर्ष यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेको हो ।गत बैशाख १८ गते
कोरोनासंग सावधानी अपनाउँदै किसान मकैं गोड्दै

कोरोनासंग सावधानी अपनाउँदै किसान मकैं गोड्दै

    प्रकाशित मितिः ९ जेष्ठ २०७८, आईतवार २०:३५
  दैलेख  – दैलेखका किसानहरु कोरोना महामारीविचमा पनि सुरक्षा सतर्कता अपनाएर मकैं खेती गोडमेल गरिरहेका छन् । वर्षातसंगै किसानहरुले लगाएको मकैं सामाजिक दुरी र सुरक्षा सर्तकता अपनाएर मकैं गोडमेल गरेका हुन् । उनीहरु बाहिरबाट खेताला बोलाएपछि सुरक्षा सावधानी अपनाउने गरेको नौमुले गाउँपालिका –८ चौराठाका प्रकाश चन्दले बताए । कोरोना कहर बढेपनि सुरक्षा सावधानीका साथ खेती किसानी गर्नुपरेको चन्दले बताए
सुन्तला खेति बाट वार्षिक ५ लाख भन्दा बढी आम्दानी

सुन्तला खेति बाट वार्षिक ५ लाख भन्दा बढी आम्दानी

    प्रकाशित मितिः ३ माघ २०७७, शनिबार ११:१०
सल्यान- सल्यानको बागचौर नगरपालिका(८ र ९ का किसानले वार्षिक पाँच करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन गर्दै आइरहेका छन्।विश्वभर फैलिएको कोरोना भाइरस रोगका कारण व्यापारीहरू बगानमा आउन हिच्किचाएको बागचौर नगरपालिका(९ का किसान अंगेश्वर डाँगीले बताए। विगत २८ वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका डाँगीले कोटमौलामा मात्र वार्षिक ५ करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको बताए। कोटमौलाका पा
सुन्तला उत्पादन घट्ने अनुमान

सुन्तला उत्पादन घट्ने अनुमान

    प्रकाशित मितिः २४ पुष २०७७, शुक्रबार १८:५३
सल्यान - यस वर्ष सल्यानमा सुन्तला उत्पादन करिब ३० प्रतिशत घट्ने अनुमान गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। फूल फुल्ने र दाना लाग्ने समयमा भएको वर्षाका कारण उत्पादनमा कमी आउने अनुमान कार्यालयले गरेको हो। बागचौर नगरपालिका, दार्मा गाउँपालिका, सिद्ध कुमाख गाउँपालिका, त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकालगायतका स्थानमा व्यावसायिक रुपमा सुन्तला खेती हुने गरेको छ।
सिमिकोट आसपास परेको हिमपात (फोटो फिचर)

सिमिकोट आसपास परेको हिमपात (फोटो फिचर)

    प्रकाशित मितिः २० पुष २०७७, सोमबार १९:०४
यो हिउँदको पहिलो हिमपात भएको छ । पुस अन्तिम हुन् लाग्दा हिमाली जिल्लामा हिमपात भएको हो । जनजीवन हिउँले अस्तव्यस्त भएको छ । हुम्लामा एकमात्र जिल्ला आउनेजाने हवाई सेवा समेत रोकिएको छ । हिउँले विमानस्थल पुरिएको छ । हुम्लाको सदरमुकाम सिमिकोट लगायत अन्य ठाउँमा स्थानियहरु घरभित्रै बसेका छन् । बाक्लो हिउँ परेको स्थानीयले बताए । किसानहरू हिमपात र वर्षाले हर्षित भएका छन् । अब बालीनाली राम्रो हुने भन्दै
सुन्तलाबाट जुस उत्पादन

सुन्तलाबाट जुस उत्पादन

    प्रकाशित मितिः १५ पुष २०७७, बुधबार १८:२९
जाजरकोट - बिक्री नभएका साना सुन्तलाबाट भने जुस उत्पादन थालिएको छ।बिक्री नभएका साना सुन्तला खेर जान नदिन जुस उत्पादन थालिएको हो। प्रधानमन्त्री कृषि आधुनिक परियोजना, परियोजना कार्यान्वय ईकाइ जाजरकोटको सहयोगमा उत्पादन सुरु गरिएको कार्यालय प्रमुख पिताम्बेर बस्नेतले बताए। उनले भने, ‘ग्राहकले मन नपराई बिक्री नभएका साना सुन्तलाबाट जुस बनाउँदा सदुपयोग हुने अनुभव गरियो।