सुन्तला उत्पादनमा कमी
प्रकाशित मितिः २६ कार्तिक २०७३, शुक्रबार १३:०७
सुदूरपश्चिमकाे पहाडी जिल्ला डडेल्धुरामा सुन्तला उत्पादनमा कमी आएको छ । बर्सेनि कृषकले सुन्तलाका बिरुवा लगाउँदै आएका भए पनि रोगका कारण बोट सुक्दै जाने, भएका बोटमा पनि सानो दाना फल्ने र दाना नपाक्दै झरेर जाँदा उत्पादनमा कमी आएको हो ।
जिल्लाका बगरकोट, अमरगढी नगरपालिका, गाङ्खेत, रुपाल, भागेश्वर, बेलापुर, मणिलेकलगायत गाविसमा सुन्तला अत्यधिक उत्पादन हुन्छ । गत वर्ष जिल्लामा ४३० हेक्टर क्षेत्रफलमा