
प्रकृतिले दिएको, राज्यले चिन्न नसकेको अनुपम उपहार हो ‘कर्णाली’
प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार १४:३०
कर्णाली सधैँ रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ भन्ने र बुझाउनेले पनि कर्णाली बाहिर पुगेर त्यस्तै बुझाए। कर्णाली बाहिरका मानिसहरूले कर्णालीलाई हेर्ने दृष्टिकोण पनि सोही सरह भयो। तर पछिल्ला दिनहरूमा यसबारे क्रमशः सुधार आउँदै छ।
कर्णाली जति विकट छ त्यति नै सुन्दर पनि छ। यहाँको भू–बनोटको प्रचार नभएर मात्रै हो। कर्णालीलाई भू–स्वर्ग भन्दा पनि केही फरक पर्दैन। यहाँ पुगेर अध्ययन गरेकाहर