☰ open Loading... 29 January 2025|  

वेथिति

८७ कार्टुन चिनीयाँ मदिरा बरामद

    प्रकाशित मितिः १४ माघ २०८१, सोमबार १२:४२
जिल्ला प्रहरी कार्यालयले सदरमुकाम सिमकोट भित्रिदै गरेको ८७ कार्टुन चिनीयाँ मदिरा बरामद गरेको छ । गस्तीमा रहेको प्रहरीले चेकिङ गर्ने क्रममा बोलेरो जीपमा ओसार्दै गरेको मदिरा सिमकोट बजारबाट बरामद गरेको हो । प्रमरी उपरिक्षक शंकर पोरखेलका अनुसार सिमकोट गाउँपालिका– ७ को डाँडाफयाबाट सिमकोट ल्याउने क्रममा सिमकोट बजार पुगेको लु २ च २०६७ नम्बरको बोलेरो जीपमा लोड गरिएको चिनीयाँ मदिरा बरामद भएको छ । चिनीया
पशुपति विकास कोष र ट्रान्सफर्मरको  दुई ठुला भ्रष्टाचार मुद्दा पेसीमा

पशुपति विकास कोष र ट्रान्सफर्मरको दुई ठुला भ्रष्टाचार मुद्दा पेसीमा

    प्रकाशित मितिः १० माघ २०८१, बिहीबार १३:१९
नेपाल विद्युत् प्राधिकरणले खरिद गरेको ट्रान्सफर्मरमा भ्रष्टाचार भएको जिकिर गरिएको मुद्दा र एमालेका नेता जोडिएको पशुपति विकास कोषको भ्रष्टाचार मुद्दा बिहीबार पेसी तोकिएको छ। न्यायाधीशद्धय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासमा पेसी तोकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा लामो समयदेखि सर्वोच्चमा पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको छ । यी विवाद विशेष अदालत हुँ
कैलालीका तत्कालीन मालपोतका कार्यालय प्रमुखसहित ८ जना भ्रष्टाचारी ठहर

कैलालीका तत्कालीन मालपोतका कार्यालय प्रमुखसहित ८ जना भ्रष्टाचारी ठहर

    प्रकाशित मितिः ८ माघ २०८१, मंगलवार ०७:३८
विशेष अदालत काठमाडौँले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित ८ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले सोमबार ८ मध्ये चार जनालाई मुख्य अभियुक्त र चार जनालाई मतियार ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुवर र न्यायाधीशहरू मुरारीवावु श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो फैसला सुनाएको छ । विशेषले मालपोत प्रमुख रसाइलीलाई
तत्कालिन गाविस सचिवविरुद्ध ३८ लाखको भ्रष्टाचार मुद्दा

तत्कालिन गाविस सचिवविरुद्ध ३८ लाखको भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः ७ माघ २०८१, सोमबार २२:०३
तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध ३८ लाख ३० हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविक आदर्श गाविस भवानीपुर जीतपुर, बाराका तत्कालीन सचिव आस महमद अन्सारीले साविक आदर्श गाविस भवानीपुर जीतपुर (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु
कर्णालीका दर्जनौं ठूला आयोजना अलपत्र

कर्णालीका दर्जनौं ठूला आयोजना अलपत्र

    प्रकाशित मितिः ७ माघ २०८१, सोमबार १६:४३
ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली प्रदेश सरकारका दर्जनौँ बहुवर्षीय आयोजना अलपत्र परेका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ३३ ठूला आयोजनाको काम ठेकेदारहरुको लापर्वाहीले अलपत्र परेका हुन् । मन्त्रालयका अनुसार सुर्खेतका सात, दैलेखका र जाजरकोटका पाँच/पाँच कालीकोट तथा मुगुका चार/चार आयोजना अलपत्र अवस्थामा छन् । यस्तै, सल्यान र रुकुम पश्चिमका दुई/दुई वटा ब
बागमती प्रदेशका १३७ सहकारी संस्थाविरूद्ध उजुरी

बागमती प्रदेशका १३७ सहकारी संस्थाविरूद्ध उजुरी

    प्रकाशित मितिः ७ माघ २०८१, सोमबार १६:४०
बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको संख्या बढ्दै गएको छ । पछिल्लो पटक बागमती प्रदेश सरकारले थप तीनवटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । योसँगै बागमती प्रदेशमा समस्याग्रस्त घोषणा हुने सहकारीको संख्या पाँच पुगेको छ । प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजन पोखरेलका अनुसार पछिल्लो पटक सुमेरू सेभिङ एन्ड क्रेडि
काठमाडौंबाट रक्तचन्दनसहित दुई जना पक्राउ

काठमाडौंबाट रक्तचन्दनसहित दुई जना पक्राउ

    प्रकाशित मितिः २ माघ २०८१, बुधबार १३:४०
काठमाडौंबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बिहानै प्रहरीले काठमाडौंको काडाँघारीबाट रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो। उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो ।
तत्कालीन प्रशासकीय अधिकृत र लेखापाललाई ६ महिना कैद र जरिवाना

तत्कालीन प्रशासकीय अधिकृत र लेखापाललाई ६ महिना कैद र जरिवाना

    प्रकाशित मितिः २८ पुष २०८१, आईतवार २१:४०
सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र सुरेश कुसियैतलाई विशेष अदालतले दोषी ठहर गरेको हो । अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार उनीहरूलाई दोषी ठहर गर्दै जनही ६ महिना कैदको फैसला पनि सुनाएको छ । यस्तै, उनीहरूले बिगो रकम
कार्यालय नगएका लेखापालको महिनैपिच्छे हाजिर !

कार्यालय नगएका लेखापालको महिनैपिच्छे हाजिर !

    प्रकाशित मितिः २८ पुष २०८१, आईतवार २१:३३
दुई महिनादेखि कार्यालयमा नभएका नापी कार्यालय कालीकोटका सहलेखापाल नन्दबहादुर शाहीले कार्यालयमा महिनैपिच्छे हाजिर लगाएको पाइएको छ। मंसिरदेखि काठमाडौंमा अध्ययनरत शाहीले कार्यालयमा हाजिर गरेको तथ्य फेला परेको हो। उनले काठमाडौं बसेर कार्यालयको कामसमेत गरेको देखिन्छ। उनले कार्यालयमा बिदा नलेखी महिनाको एक दिन एकैपटक हाजिर गरेर बाहिर बस्ने गरेको कार्यालयका एक कर्मचारीले बताए। उनी विगत दुई महिनादेखि
सिँचाइ विभागको इन्जिनियरले गरे चार करोड बढी भ्रष्टाचार, विशेष अदालतमा मुद्दा दायर

सिँचाइ विभागको इन्जिनियरले गरे चार करोड बढी भ्रष्टाचार, विशेष अदालतमा मुद्दा दायर

    प्रकाशित मितिः २८ पुष २०८१, आईतवार १८:०८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभाग अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । श्रेष्ठसँग भएको रु चार करोड ८८ लाख ३० हजार तीन सय २९ दशमलव ५४ पैसाको स्रोत नखुलेको उल्लेख गर्दै आज अदालतमा आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। इन्जिनियर श्रेष्ठले लामो समय