दैलेखमा छिटो ग्याँस उत्पादन थाल्न प्रधानमन्त्रीको निर्देशन
प्रकाशित मितिः ८ असार २०८२, आईतवार २२:४३
प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराइएको हो।
च









