☰ open Loading... 27 November 2024|  

विकास

६ करोड लगानीमा स्टे होटल  भ्याली भ्यु

६ करोड लगानीमा स्टे होटल  भ्याली भ्यु

    प्रकाशित मितिः ६ माघ २०७४, शनिबार १५:५४
सुर्खेत ।  प्रदेशको अस्थायी राजधानी  सुर्खेतको पर्यटकीय क्षेत्र गोठीकाँडामा सुुविधा सम्पन्न रिसोर्ट संञ्चालनको तयारीमा छ  ।  ६ करोडको लगानीमा स्टे होटल भ्याली भ्यू सञ्चालनको तयारीमा रहेको हो । सुर्खेतका होटल व्यवसायी तर्क वहादुर शाही सहित ३ जनाको लागनीमा सो रिसोर्ट सञ्चालन गर्न लागीएको हो । होटल व्यवसायी  तर्कवहादुर शाही , ऐन वहादुर शाही र लिलाराम  आचार्यको संयुक्त लगानीमा केही दिनमै स्टे होटेल
अब मुख्यमन्त्रीको पर्खाइ

अब मुख्यमन्त्रीको पर्खाइ

    प्रकाशित मितिः ६ माघ २०७४, शनिबार ०७:५३
काठमाडौं :  संविधानतः सातै प्रदेशमा मुख्यमन्त्री नियुक्ति छिट्टै हुने भएकाले सरकारले मुख्यमन्त्रीको नेतृत्वमा रहने प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको कामलाई अघि बढाउन कार्यालयको स्वरूप र जिम्मेवारी निर्धारणसहितको अन्तरिम व्यवस्थापन खाका बनाएको छ । संविधानअनुसार भने प्रदेशस्थित मुख्यमन्त्रीको कार्यालय र मन्त्रीहरूको कार्यालयको कार्यसम्पादनसहितको कार्य्विभाजन नियमावली बनाउने अधिका
छोरी जन्माउने आमालार्इ प्रोत्साहन भत्ता

छोरी जन्माउने आमालार्इ प्रोत्साहन भत्ता

    प्रकाशित मितिः ५ माघ २०७४, शुक्रबार ०९:५७
बैतडी ।  बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ ।   स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहेक गाउँपालिकाले दिएको थप रु एक हजार प्रोत्साहन भत्ता वितरण गरिसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक

प्रदेश सरकारका लागि धनगढीमा भवनको खोजी

    प्रकाशित मितिः ५ माघ २०७४, शुक्रबार ०९:५१
  धनगढी  ।  प्रदेश प्रमुखको नियुक्ति र धनगढीलाई सात नम्बर प्रदेशको अस्थायी मुकाम तोकिएसँगै प्रदेश सरकारका लागि चाहिने भवन लगायतका संरचनाको खोजी शुरु गरिएको छ । क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेल नेतृत्वको टोलीले बिहीबार धनगढीमा रहेको क्षेत्रीय स्वास्थ्य तालीम केन्द्र, कृषि, क्षेत्रीय वन, क्षेत्रीय सिँचाइ निर्देशनालय, जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग कार्यालय, सहकारी प्रशिक्षण
कति भयाे भेरी-बबर्इ डाइभर्सनकाे काम ? (सुरूङभित्रका १२ तस्वीर)

कति भयाे भेरी-बबर्इ डाइभर्सनकाे काम ? (सुरूङभित्रका १२ तस्वीर)

    प्रकाशित मितिः २ माघ २०७४, मंगलवार १७:४२
हात्तिखाल (सुर्खेत) । गत आसोजदेखी सुरुङ खान्न थालिएको राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको एकहजार पाँचसय मिटर सुरुङ खनि सकिएको छ । बाँके र बर्दियाका ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाई पु¥याउने उदेश्यले निर्माण जारी रहेको यो आयोजनामा द्रुत गतिमा अघि बढेको छ । याे पनि पढ्नुहाेस् : भेरी बबई आयोजना : मेशीन आएको १५ दिनमै सुरुङ्ग खन्न शुरु टनेल बोरिङ मेसिनले हालसम्म एक हजार पाँचसय सुरुङ खनिसकेको
यी हुन कर्णालीको विकासका लागि १० वर्षे महत्वकांक्षी योजना

यी हुन कर्णालीको विकासका लागि १० वर्षे महत्वकांक्षी योजना

    प्रकाशित मितिः २ माघ २०७४, मंगलवार १६:२८
काठमाडौँ ।  मुलुककै पिछडिएको क्षेत्र मानिने कर्णालीलाई आर्थिक, सामाजिक विकास गरी समृद्ध क्षेत्रका रुपमा विकास गर्ने सोचका साथ १० वर्षे विकास योजना अघि सारिएको छ ।  व्यापक र दिगोरुपमा स्रोतसाधनको उपयोग तथा मानव पूँजीको विकास गरी जनताको जीवनस्तर उठाउने एवं समृद्धि हासिल गर्ने उद्देश्यका साथ कर्णाली विकास आयोगले १० वर्षे योजना तयार गरेको हो । आयोगले योजना तर्जुमा गरी कर्णाली विकास परिषद्को बैठकक

बीस वर्षपछि पूरा भयो सवारी साधन चढ्ने धोको

    प्रकाशित मितिः २ माघ २०७४, मंगलवार १४:३८
डडेल्धुरा ।  डडेल्धुराका एक गाउँका सर्वसाधारणको २० वर्षपछि मात्रै सवारी साधन चढ्ने धोको पूरा भएको छ ।  डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नं १ खतेडा, बजकोट गाउँका करिब १५० घरधुरी बासिन्दाको सवारी साधन चढ्ने धोको स्थानीय सरकार आएसँगै बाटो पनि बनेपछि पूरा भएको हो । विसं २०५४ मा उद्घाटन गरी सडक खन्ने कार्य गरिए पनि २० वर्षपछि जनप्रतिनिधि आएको छ महिनामा नै पूरा भएको उक्त गाउँपालिकाले जनाएको छ । वि
डोल्पालीलाई सडक नासो बुझाउँदै सेना

डोल्पालीलाई सडक नासो बुझाउँदै सेना

    प्रकाशित मितिः १ माघ २०७४, सोमबार १९:१४
डोल्पा । दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन अब तीन किलोमिटर मात्रै बाँकी रहेको छ । जाजरकोट(डोल्पा सडकखण्ड अन्तर्गत श्रीविण्डे(त्रिपुराकोट खण्डको निर्माण कार्य नेपाली सेनाले तीब्र रुपमा अघि बढाएपछि डोल्पालीको सडक सपना पूरा हुने भएको हो । जाजरकोट(डोल्पा सडकखण्डको कुल लम्बाई ११७ दशमलम ७ किलोमिटर सडकखण्ड मध्ये ११४ दशमलव ७ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भइसकेको
गति लिदैं कर्णाली करिडोर, ६६ किलोमिटर निर्माण पुरा

गति लिदैं कर्णाली करिडोर, ६६ किलोमिटर निर्माण पुरा

    प्रकाशित मितिः २८ पुष २०७४, शुक्रबार १२:३३
सडक सञ्जालमा जोडिदैं हुम्ला पवित्रकुमार शाही कालिकोट । डेढ दशकसम्म अलपत्र रहेको कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोट जोड्ने सडक निर्माण कार्यले गति लिएको छ । करिडोर अन्तर्गतको एक सय ९६ किलोमिटरमध्ये ६६ किलोमिटर सडक निर्माण कार्य पूरा भएको हो । सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएपछि यसले गति लिएको हो । अहिले धमाधम सडक निर्माण कार्य भइरहेको छ । कालिकोटको लालीघाटदेखि घ

पर्यटकीयस्थल रुडुबन्चुमा गाडी गुड्याे

    प्रकाशित मितिः २७ पुष २०७४, बिहीबार ०८:३१
कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका–१० को रुडुबन्चुमा गाडी पुगेको छ । स्थानीय तहको सरकारले जिल्लामा नै पहिलो पटक स्थानीय बजेटबाट नै सडक निर्माण गरेर गाडी पु¥याएको खबर आजको मालिका पोष्ट दैनिकमा छापिएको छ । स्थानीय तहबाट ३२ लाख रुपैयाँ विनियोजन गरेर चिल्लायादेखि निकै विकट रुपमा चिनिएको रुडबन्चुसम्म ८ किलोमिटर सडक निर्माण भएपछि पहिलो पटक गाडी पुगेको हो । तिलागुफा नगरपालिका निकै विकट रुपमा रहेको ग