
कर्णाली प्रदेशकाे मुख्य न्यायाधीवक्तामा मानन्धर नियुक्त, सपथ पनि अाजै
प्रकाशित मितिः २८ चैत्र २०७४, बुधबार ११:२९
सुर्खेत । कर्णाली प्रदेशको मुख्य न्यायाधीवक्तामा माओवादी केन्द्र निकट विद्याभूषण मानन्धर नियुक्त भएका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई बुधबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्य न्यायाधिवक्तामा मानन्धरलाई मंगलबार सिफारिस गरेका थिए ।
मुख्य न्यायाधिवक्तामा नियुक्त भएका मानन्धरलाई बुधबार दिउसो तीन बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ खुवा