हुम्ला सदरमुकाममा चलाउन हेलिकोप्टरबाट गाडी ल्याइयो
प्रकाशित मितिः १८ फाल्गुन २०७४, शुक्रबार ०८:१४
हुम्ला । राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो।
व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकोप्टरमा महिन्द्राको बोलेरो जिप ल्याएका हुन् । सदरमुकाममा सञ्चालनका लागि जिप ल्याएको व्यवसायी रावतले बताए ।
रावतका अनुसार सिमिकोट गाडी पुर्याउँदासम्म ३६ लाख ५० हजार








