☰ open Loading... 28 November 2025|  

विकास

७ वर्षपछि राप्ती प्रतिष्ठानमा एमबीबीएसको पढाई

७ वर्षपछि राप्ती प्रतिष्ठानमा एमबीबीएसको पढाई

    प्रकाशित मितिः १० कार्तिक २०८१, शनिबार १८:५२
चिकित्सा शिक्षा आयोग काठमाडौँले ३७ जना एमबीबीएस पढ्ने विद्यार्थीलाई भर्नाको लागि दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । आयोगले कलेज म्याचीङ गर्दै पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई भर्नाका लागि पठाएको हो । विद्यार्थी भर्नाको तयारी प्रतिष्ठानले गरिसकेको प्राध्यापक रजिस्ट्रार श्याम लम्सालले बताए । यसबर्षबाट प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएपछि छात्
रोड कोरिडोरमा रणनीतिक अस्पताल बनाउने तयारी

रोड कोरिडोरमा रणनीतिक अस्पताल बनाउने तयारी

    प्रकाशित मितिः २५ आश्विन २०८१, शुक्रबार १०:५४
कर्णाली प्रदेश सरकारले ८ लाख नागरिकलाई नियमित स्वास्थ्य सेवा दिने उद्देश्यले रोड कोरिडोरमा रणनीतिक अस्पताल निर्माणको अवधारण अघि सारेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेकारणनीतिक अस्पताल कर्णालीका मुख्य राजमार्ग कर्णाली राजमार्ग, कर्णाली कोरिडोर, भेरी कोरिडोर, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र अन्य सहायक सडकमार्गनजिक निर्माण हुनेछन् । कर्णालीका यी रोड कोरिडोरमा रण
कर्णाली प्रदेशमा ३३ ठूला आयोजना अलपत्र ः सरकार देख्छ एक्सन लिदैन्

कर्णाली प्रदेशमा ३३ ठूला आयोजना अलपत्र ः सरकार देख्छ एक्सन लिदैन्

    प्रकाशित मितिः २५ आश्विन २०८१, शुक्रबार १०:२२
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएका ३३ आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र छन् । सूचना अधिकारी प्रविण कार्कीका अनुसार जाजरकोटमा पाँच, डोल्पामा एक, कालिकोटमा चार, दैलेखमा पाँच, सुर्खेतमा सात, हुम्लामा दुई, जुम्लामा एक, मुगुमा चार, रुकुमपश्चिममा दुई र सल्ल्यानमा दुई गरी ३३ वटा आयोजना अलपत्र छन् । बहुवर्षीय तथा स्रोत सुनिश्चितता भएका आयोजना
सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

    प्रकाशित मितिः २१ आश्विन २०८१, सोमबार ०७:३६
गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्त
सर्वसाधारणका लागि खुल्यो धरहरा

सर्वसाधारणका लागि खुल्यो धरहरा

    प्रकाशित मितिः ३ आश्विन २०८१, बिहीबार १०:४०
नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो । संविधान दिवसको अवसरमा खुला गरिने धरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
भेरी पम्पिङ आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पायो

भेरी पम्पिङ आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पायो

    प्रकाशित मितिः १३ भाद्र २०८१, बिहीबार १३:४४
भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउन भेरी पम्पिङ उपआयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ। ‘ग्लोबल टेण्डर’मार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो। आयोजना निर्माणका लागि तीन अर्ब ५० करोड आठ लाख १५ हजार दुई सय ८० लागतमा उक्त कम्पनीसँग सम्झौता भएको हो। खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन
कर्णाली प्रदेश सरकारका ३३ वटा बहुवर्षीय आयोजनाको काम सन्तोषजनक छैन

कर्णाली प्रदेश सरकारका ३३ वटा बहुवर्षीय आयोजनाको काम सन्तोषजनक छैन

    प्रकाशित मितिः १० भाद्र २०८१, सोमबार ०५:४७
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश सचिव विष्णु भण्डारीले एक कार्यक्रममा कर्णालीमा ३३ वटा बहुवर्षीय आयोजनाको काम सन्तोषजनक अवस्थामा नरहेको जानकारी गराएका छन् । मन्त्रालयले विभिन्न योजनामा काम गर्ने निर्माण व्यवसायलाई बोलाएर छलफल गरेको थियो । छलफलमा कर्णालीका मुख्य मन्त्री पनि थिए ।
कानुनी प्रक्रिया पूरा नहुँदै भटाभट ठेक्का दिने पूर्वाधार निर्देशनालयको हतारोले अलपत्र पर्छन् आयोजना

कानुनी प्रक्रिया पूरा नहुँदै भटाभट ठेक्का दिने पूर्वाधार निर्देशनालयको हतारोले अलपत्र पर्छन् आयोजना

    प्रकाशित मितिः ९ भाद्र २०८१, आईतवार १६:०२
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ (३) ले सार्वजनिक निकायले खरिद पूर्वका तयारी पूरा नगरी निर्माणको कुनै पनि कार्य अगाडि नबढाउनु भन्छ । उक्त व्यवस्थाअनुसार निर्माणस्थलबाट हटाउनुपर्ने रुखबिरुवालगायतका संरचना हटाउने सुनिश्चितता नभई तथा कानुनबमोजिम गर्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत नभई बोलपत्र गर्न कानुनत: मिल्दैन । तर, कर्णालीको यातायातलगायतका पूर्वाधार विकासको जिम्मेवारी प
दैलेखमा पेट्रोलियम खोज्न १३ सय ४० मिटर ‘ड्रिलिङ’

दैलेखमा पेट्रोलियम खोज्न १३ सय ४० मिटर ‘ड्रिलिङ’

    प्रकाशित मितिः २८ श्रावण २०८१, सोमबार २१:१६
दैलेखमा पेट्रोलियम अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम १ हजार ३ सय ४० मिटर गहिराइसम्म पुगेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार आइतबारसम्मको आँकडामा त्यति गहिराइसम्म ड्रिलिङ गरिएको जानकारी आयोजनाले गराएको छ । यो आयोजनामा ४ हजारदेखि ४ हजार ५ सय मिटरसम्म गहिराइ ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ । त्यसपछि यस स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन
भेरी अस्पतालमा अनलाइन टिकट प्रणाली

भेरी अस्पतालमा अनलाइन टिकट प्रणाली

    प्रकाशित मितिः २५ श्रावण २०८१, शुक्रबार १९:४२
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको स्वास्थ्यको हब नेपालगन्जमा अवस्थित भेरी अस्पतालले आफ्नो स्थापनाको एक सय ३० वर्षपछि बिरामीका लागि अनलाइन टिकट प्रणाली सुरु गरेको छ। बिरामीको भिड अत्यधिक बढ्दै जाँदा अस्पतालमै पुगेर सास्तीपूर्ण तरिकाले टिकट काट्नु पर्ने बाध्यतालाई सहज बनाउन उक्त प्रणाली सुरु गरिएको हो। अब बिरामीले अस्पताल पुग्नु अगावै घरबाट ई–टिकट लिन सक्ने छन् । परीक्षणका लागि सुरु गर