सरकारमा सँगै, चुनावी मैदानमा प्रतिस्पर्धी
प्रकाशित मितिः १ मंसिर २०८१, शनिबार १२:३४
३० बैशाख २०७९ को स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा कर्णालीमा कांग्रेस, माओवादी र समाजवादी दलहरूको गठबन्धन थियो भने, एमाले एक्लै चुनाव लडेको थियो । यस उपनिर्वाचनमा कांग्रेस, माओवादी र एमाले प्रत्येक दलले आफ्नो उम्मेदवार चयन गरेको छ । नेपाली काँग्रेस र एमाले यी दुई दल गत चुनावमा पहिलो र दोस्रो दलको रुपमा रहेका थिए ।
हाल संघीय सरकार र प्रदेश सरकारमा पनि सँगै छन् । तथापि, कांग्रेस र एमाले स्थान