☰ open Loading... 17 November 2024|  

उपनिर्वाचन

मोटरसाइकल दुर्घटनामा परी शिक्षकको मृत्यु

    प्रकाशित मितिः १६ चैत्र २०८०, शुक्रबार २२:२३
ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ। दुर्घटनामा परेर चन्दनपुर बस्ने ५२ वर्षीय रमेश बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदी जानकारी दिए। बिहीबार राती बतासेडाँडाबाट चन्दपुर जाँदै गरेको बा.९४ प ६३४६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। बजगाईं बाग भैरव माविका शिक्षक हुन् । म
हाइस दुर्घटना, ८ जना घाइते

हाइस दुर्घटना, ८ जना घाइते

    प्रकाशित मितिः १५ चैत्र २०८०, बिहीबार ०७:४७
चितवनमा यात्रु बोकेको हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। भरतपुर महानगरपालिका १ रामनगर स्थित मुग्लिङ-नारायणगढ राजमार्गमा राखेको चेकिङ पोस्टमा रोकिराखेको बसमा हाइस अनियन्त्रित भई ठोकिँदा ८ जना घाइते भएका हुन्। झापाबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको यात्रु बसको सोही तर्फ जाँदै गरेको ग २ ख २२५ नम्बरको हायस अनियन्त्रित भई ठोक्किएको थियो। घाइते मध्ये ४ जनाको अ
मुगुमा जिप दुर्घटना: दुई जनाको मृत्यु, चार घाइते

मुगुमा जिप दुर्घटना: दुई जनाको मृत्यु, चार घाइते

    प्रकाशित मितिः १४ चैत्र २०८०, बुधबार १९:२८
गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जिप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको सो जिप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ। दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय म
एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

    प्रकाशित मितिः १३ चैत्र २०८०, मंगलवार ०६:५५
एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार अर्का व्यक्ति घाइते छन्। जनकपुरधाम–ढल्केबर सडक-खण्डको मिथिला नगरपालिका–२ स्थित विश्वकर्मा चोकमा सोमबार राती भएको दुर्घटनामा मिथिला नगरपालिका–३ हरिहरपुर बस्ने मोटरसाइकल चालक करिब २२ वर्षीय जिते भन्ने जितेन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल जन
अछाममा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

अछाममा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

    प्रकाशित मितिः १२ चैत्र २०८०, सोमबार ११:४७
अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए। षोडशाबाट साँ

बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    प्रकाशित मितिः ११ चैत्र २०८०, आईतवार ०७:३३
राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आज साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा राजपुर गाउँपालिका–५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।
हुम्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

हुम्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

    प्रकाशित मितिः १० चैत्र २०८०, शनिबार १७:३०
हुम्लामा शनिबार बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । दुर्घटनामा परी ओदानचुली गाउँपालिका-५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको केन्द्र श्रीनगरबाट वडा नं. ५ को बारीगाउँ जाँदै गरेको सु. ००१ ज ११८३ नम्बरको बोलेरो जीप द

ट्र्याक्टर दुर्घटना, २ को मृत्यु, १ जना घाइते

    प्रकाशित मितिः १० चैत्र २०८०, शनिबार १०:२०
दोलखाको गौरीशंकर गाउँपालिका ५ सुरीबाट सिंगटी जाँदै गरेको ट्र्याक्टर सामेली भोर्लेमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । शुक्रबार राति नम्बर नखुलेको ट्र्याक्टर दुर्घटना हुँदा गौरीशंकर गाउँपालिका ५ तिनेखुका २३ वर्षीय बुद्धिवीर तामाङ र ४३ वर्षीय अमृत तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही स्थानका १९ वर्षीय पेम्बा तामाङ सख्त घाइते भएका छन् । ट्र्याक्ट

ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

    प्रकाशित मितिः ८ चैत्र २०८०, बिहीबार १८:५५
अर्घखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर-१० धरमपानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा वडा नं-९ राजुपानी निवासी १४ वर्षीय सन्दिप बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए। उनका अनुसार काठका मुडा बोकेको ट्याक्टर आदर्श आधारभूत विद्यालयको घुम्तीमा ढाला फुत्किएर दुर्घटना भएको थियो।
छुट्टाछुट्टै दुर्घटना: २ को मृत्यु, ४ जना घाइते

छुट्टाछुट्टै दुर्घटना: २ को मृत्यु, ४ जना घाइते

    प्रकाशित मितिः ८ चैत्र २०८०, बिहीबार ०८:३२
मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन्। मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विकको