म बीएस दाइकी प्यारी कान्छी थिएँ : शर्मिला
प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:४८
काठमाडाैं,फिल्म ‘कान्छी’ बनाउने गरी बीएस थापा दाइ नेपाल आउनुहुँदा म छ कक्षामा पढ्दै थिएँ । यो २०४१ सालको कुरा हो । सेनामा जागिरे बुबाले पाल्पा तानसेनको पुर्ख्यौली सम्पत्ति बेचेर डिल्लीबजारमा घर बनाउनुभएको थियो । म घरछेउकै कन्या स्कुलमा पढ्थें ।
जयनन्दचन्द ठाकुर दाइका कारण स्कुले जीवनमै मैले रेडियो नेपालमा प्रवेश पाएकी थिएँ, रेडियो नाटक, रुपक र बाल कार्यक्रममा बरोबर भाग लिइरहन्थें । एक दिन जयनन्