☰ open Loading... 16 September 2025|  

देश

जाजरकोट भूकम्पमा १‍‍८ जनाको मृत्यु

    प्रकाशित मितिः १८ कार्तिक २०८०, शनिबार ०३:०६
पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परि १‍‍८ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईले यसबारे पुष्टि गरेका छन्। उनका अनुसार हालसम्म रुकुममा ११ जना र जाजरकोटमा ७ जनाको मृत्यु भएको छ। ‘अहिलेसम्म रुकुममा ११ जना र जाजरकोटमा ७ जनाको मृत्यु भएको खबर आएको छ। घटनाबारे थप विवरण आउने क्रम जारी छ।’
भुकम्पले जाजरकोटमा घर भत्कनेदेखि पहिरो समेत गयो

भुकम्पले जाजरकोटमा घर भत्कनेदेखि पहिरो समेत गयो

    प्रकाशित मितिः १८ कार्तिक २०८०, शनिबार ००:४०
भूकम्प ले जाजरकोट नलगाड नगर पालिकामा ठूलो पहिरो गएको खबर आएको छ । धेरै घरहरु चर्किएको र आंशिक घर भत्किएको खबर छ । केही स्थानिय घाइते छन् । मानवीय क्षतिको विवरण आउन बाँकी छ । जाजरकोट र रुकुममा घर भत्केर मान्छे पुरिएको भन्ने खबर आए पनि पुष्टि हुन सकेको छैन । फेरि भूकम्प आउने डरले स्थानीयहरु घर बाहिर जाग्राम बसेका छन् ।
मध्य रात जाजरकाेट केन्द्र भएर ६.४ रेक्टर भूकम्पको धक्का

मध्य रात जाजरकाेट केन्द्र भएर ६.४ रेक्टर भूकम्पको धक्का

    प्रकाशित मितिः १८ कार्तिक २०८०, शनिबार ००:१८
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । आज कार्तिक १७ गते राती भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। जाजरकोटको शिवालय गाउँ पालिकामा केही घर चर्किएको छ भने केही मानिस घाइते भएको खबर आएको छ । पहाडी जिल्ला दैलेखमा भूकम्प पछि डरले स्थानीय
जितपछिकाे विजय उत्सव

जितपछिकाे विजय उत्सव

    प्रकाशित मितिः १७ कार्तिक २०८०, शुक्रबार १८:४९
ऐतिहासिक जितसहित नेपाल आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको छ। आज भएको सेमिफाइनल खेलमा युएईमाथि शानदार जित हात पार्दै नेपालले आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको हो। १३५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। त्यसो त नेपाल १० वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ। पछिल्लो पटक सन् २०१४ मा बंगलादेशमा सम्पन्न आइसिसी ट्व
मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको ‘लाइसेन्स’ निलम्बन

मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको ‘लाइसेन्स’ निलम्बन

    प्रकाशित मितिः १७ कार्तिक २०८०, शुक्रबार १५:४७
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दुई विमान चालकको ‘लाइसेन्स’ निलम्बन गरेको छ। आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलट वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठकाे विमानस्थलमै कुटाकुट भएपछि उनीहरूको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले बताए। “राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क

रामेछापमा तारा एयरका दुई पाइलटबीच युनिफर्ममै कुटाकुट

    प्रकाशित मितिः १७ कार्तिक २०८०, शुक्रबार ११:५४
रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको हो । कुटाकुटको कारण भने नखुलेको रामेछाप विमानस्थल प्रमुख अशोक थापाजानकारी दिए । उनका अनुसार बिहान ८ बजे लुक्लाबाट आएको जहाजका
आज पहाडी भू–भागमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का हिमपात हुने

आज पहाडी भू–भागमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का हिमपात हुने

    प्रकाशित मितिः १७ कार्तिक २०८०, शुक्रबार ०८:२८
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको छ। महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा

१० जना सीडीओसहित ४० जना उपसचिवको सरुवा

    प्रकाशित मितिः १६ कार्तिक २०८०, बिहीबार २३:१२
गृह मन्त्रालयले दस जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ४० जना उपसचिवको सरुवा गरेको छ। गृहले रसुवाका सीडीओ प्रकाशचन्द्र अधिकारीलाई बैतडी, सोलुखोम्बुका खिमराज भुसाललाई सुनसरी, मुगुका मोहनबहादुर थापालाई सल्यान, कालिकोटका जोरासिंह माझीलाई बाँके, बझाङका नारायणप्रसाद पाण्डेयलाई सुर्खेत, म्याग्दीका तुल्सीराम पौडेललाई नुवाकोट, मनाङका सुप्रभा ढुंगेल खनाललाई गृह मन्त्रालय, ताप्लेजुङका गोमादेवी चेम्जोङल

भोलिदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

    प्रकाशित मितिः १५ कार्तिक २०८०, बुधबार २१:२३
भोलि बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ । यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ । अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो स
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम तेस्रो दिन पनि जारी

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम तेस्रो दिन पनि जारी

    प्रकाशित मितिः ९ कार्तिक २०८०, बिहीबार ०७:४९
आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।