☰ open Loading... 15 September 2025|  

देश

राष्ट्रपति पौडेलले गरे ६७० जना कैदीको सजाय मिनाहा

राष्ट्रपति पौडेलले गरे ६७० जना कैदीको सजाय मिनाहा

    प्रकाशित मितिः ३ आश्विन २०८०, बुधबार ०५:२६
काठमाडौं । संविधान दिवसका अवसरमा ६७० जना कैदीले सजाय माफी मिनाहा पाउने भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले ३ ज्येष्ठ नागरिकसहित ६७० जनाको सजाय माफी मिनाहा गरेका हुन् । यसअघि मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले उनीहरुको सजाय मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

भोलिदेखि माइतीघरमा प्रदर्शन

    प्रकाशित मितिः २ आश्विन २०८०, मंगलवार २२:३४
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्न शिक्षकहरु काठमाडौं आउने क्रम चलिरहेको छ । नेपाल शिक्षक महासंघका अनुसार केही शिक्षकहरु काठमाडौं आइसकेका छन् भने कतिपय आउने क्रममा छन् । भोलि बुधबारदेखि पठनपाठन नगर्ने घोषणा गरेको महासंघले ५० हजार बढी शिक्षकलाई माइतीघरमा उतार्ने महासंघले दाबी छ ।

यसपाली ६७० कैदीलाई माफी

    प्रकाशित मितिः २ आश्विन २०८०, मंगलवार २०:५०
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ। उनले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदालतको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ
सहकारीले एक अर्ब बढी ठगेर सञ्चालक फरार

सहकारीले एक अर्ब बढी ठगेर सञ्चालक फरार

    प्रकाशित मितिः २ आश्विन २०८०, मंगलवार १३:५०
बुटवलको सुप्रिम सहकारीले बचतकर्ताको १ अर्ब बढी रकम ठगेको भन्दै प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा निवेदन परेको छ। निवेदनमा सहकारी संस्थाका संचालक र पदाधिकारीलाई नियमानुसार कारबाहीको माग गरिएको छ। सुप्रिम सहकारी संस्थाले एकै जना बचतकर्ताको साढे तीन करोड रूपैयाँसम्म ठगी गरेको उजुरी परेको कार्यालयले जनाएको छ। सहकारी संस्थाबाट बचतकर्ताको एक अर्बभन्दा बढी निक्षेप जोखिममा परेको भन्दै रकम फिर्ता

वार्तामा आउन सरकारको आह्वान

    प्रकाशित मितिः १ आश्विन २०८०, सोमबार २१:३४
सरकारले नेपाल शिक्षक महासंघलाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विद्यालय शिक्षा विधेयक संशोधनलगायतको माग राख्दै महासंघले बुधबारदेखि विद्यालय बन्द गरी आन्दोलन गर्ने घोषणा गरेको छ । मन्त्रालयले महासंघले अघि सार
देशैभर तीजको रौनक

देशैभर तीजको रौनक

    प्रकाशित मितिः १ आश्विन २०८०, सोमबार १६:५५
हिन्दू महिलाहरुको महान पर्व तिजका अवसरमा आज देशैभरका प्रमुख शिवालयमा बिहानैदेखि महिलाहरुको भीड लागेको छ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

    प्रकाशित मितिः १ आश्विन २०८०, सोमबार ०६:४७
धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराई बताउछन् । भाद्
चार जनाको हत्या गर्ने सार्वजनिक

चार जनाको हत्या गर्ने सार्वजनिक

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार २०:४३
तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलमा चार जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भनिएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा ९ स्थायी घर भएका र काठमाडौं काँडाघारीस्थित बीरेन्द्र चोकमा बस्ने २३ वर्षीय संजय भण्डारीलाई सार्वजनिक गरेको हो। भण्डारीले चार जनाकै हत्या गरेको लिखित बयान दिएको काठमाडौं प्रहरी परिसर टेकुका एसएसपी सुमन सि
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार १९:४९
सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। आइतबार साँझ भएको उक्त सहमतिसँगै चिकित्सिकहरूले थालेको आन्दोलन स्थगित भएको छ। हेटौंडास्थित सञ्चो अस्पतालका दुई जना डाक्टरलाई बिरामीका आफन्तले कुटपिट गरेको घटनाको विरोधमा चिकित्सकहरूले आइतबार आकस्मिकबाहेकका सेवा बन्द गरेर प्रदर्शन गरेका थिए। सरकार र चिकित्सकबीच भएको सहमतिमा सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने अभियोगमा पक्राउ परेका

देशभर ‘विद्यालय बन्द’ को घोषणा

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार १६:१९
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा असोज ३ गतेदेखि विद्यालय ठप्प पारेर आन्दोलन गर्ने शिक्षकहरूको तयारी छ। महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले असोज ३ गतेदेखि देशैभरका विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन गर्न लागिएको बताए । सरकारले शिक्षकहरूसँग गरेका सहमति कार्यान्वन गर्ने नदेखिएकाले विद्यालय बन्द गरेरै आन्दोलनमा उत्रन बाध्य हुनु परेको उनको भनाइ छ। विद्यालय बन्द गरेर