☰ open Loading... 23 December 2024|  

देश

सुनको मूल्य उकालो लाग्ने क्रम जारी

सुनको मूल्य उकालो लाग्ने क्रम जारी

    प्रकाशित मितिः २० मंसिर २०८१, बिहीबार १६:१७
सुनको मूल्य आज पनि बढेको छ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो। अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य आज एक लाख ५० हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइदैँ

स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइदैँ

    प्रकाशित मितिः १९ मंसिर २०८१, बुधबार ०८:१८
स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस बुधबार (आज) विभिन्न कार्यक्रम गरी मनाइदैँ छ। असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो। उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो। नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट विदा भएका स्वरसम्राट अ
आज देशभरको मौसम सफा रहने

आज देशभरको मौसम सफा रहने

    प्रकाशित मितिः १९ मंसिर २०८१, बुधबार ०८:१५
आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

    प्रकाशित मितिः १८ मंसिर २०८१, मंगलवार ११:१४
स्थानीय बजारमा सुनको भाउ बढेको छ । सोमबारको दाँजोमा आज मंगलबार तोलामा १ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार १ लाख ४० हजार ३ सय रुपैयाँ थियो ।
तीन वर्षमा सिग्देलको सातौं सरुवा

तीन वर्षमा सिग्देलको सातौं सरुवा

    प्रकाशित मितिः १७ मंसिर २०८१, सोमबार २०:४१
सचिवमा बढुवा भएको तीन वर्षमा सातौं पटक सरुवा भएर गोपाल सिग्देल अहिले सहरी विकास मन्त्रालय आइपुगेका छन् । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल पाँच दिन अघि निवृत्त भएपछि रिक्त स्थानमा सिग्देललाई सरुवा गरिएको हो । सिग्देल जल तथा उर्जा आयोगमा सचिव थिए । उनलाई आइतबारको मन्त्रिपरिषद्को बैठकले सहरीका सरुवा गरिएको हो । जागिरे अवधिभर सबैजसो समय सडक विभागमा काम गरेको सिग्देललाई केही समय पहिले उर्जा
तराईमा हुस्सु, पहाडमा हिमपातको सम्भावना

तराईमा हुस्सु, पहाडमा हिमपातको सम्भावना

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार ०७:३८
हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ। साथै तराईका केही स्थानमा हुस्सु लागेको छ। विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का
उपनिर्वाचन:मतदान शुरू,यी स्थानमा हुँदैछ चुनाव

उपनिर्वाचन:मतदान शुरू,यी स्थानमा हुँदैछ चुनाव

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार ०७:३६
देशका विभिन्न स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनमा मतदान सुरु भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर छरिएका पालिकामा ४१ पदका लागि मतदान भएको हो। बागमतीमा किर्तिपुर नगरपालिकाको मेयर, काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को वडाध्यक्ष पदका लागि मतदान सुरु भएको बताइएको छ। जस अन्तर्गत कोशी प्रदेशका ८ स्थानमा र
पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढ्यो

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढ्यो

    प्रकाशित मितिः १५ मंसिर २०८१, शनिबार २०:४६
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ बिक्री मूल्य लागू गरेको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय), र एलपी ग्यासको मूल्य संशोधित गरिएको हो। पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको निगमले जनाएको छ। पेट्रोलको नयाँ मूल्य पहिलो श्रेणीका लागि प्रतिलिटर १८५, दोस्रो श्रेणीका लागि १८७, र तेस्रो श्रेणी
स्थानीय तह उपनिर्वाचन : सम्पूर्ण तयारी पूरा

स्थानीय तह उपनिर्वाचन : सम्पूर्ण तयारी पूरा

    प्रकाशित मितिः १५ मंसिर २०८१, शनिबार १५:५९
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
देशभरको मौसम सफा, उच्च भेगमा हल्का हिमपात

देशभरको मौसम सफा, उच्च भेगमा हल्का हिमपात

    प्रकाशित मितिः १५ मंसिर २०८१, शनिबार ०९:३०
देशभरको मौसम मुख्यतया सफा रहेको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ। बाँकी भू