नाराबाजी र विरोधका बीच गाउँपालिकाको नाम परिवर्तन
प्रकाशित मितिः १३ पुष २०७४, बिहीबार १४:०१
रोल्पा । गाउँपालिकाको नाम परिवर्तन गर्ने विषयमा जनताको व्यापक असन्तुष्टि र नाराबाजी हुन थालेपछि रोल्पाको एक गाउँपालिकाले प्रहरी घेराबीच बैठक सम्पन्न गरी नाम समेत परिवर्तन गरेको छ ।
पूर्वी रोल्पाको सुवर्णावती गाउँपालिकाका बहुमत जनप्रतिनिधिको बैठकले सो नाम परिवर्तन गरी शहीद सुनिल स्मृति गाउँपालिका नामाकरण गरेको हो । बैठकमा गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले नाम परिवर्तनको प्रस्ता