☰ open Loading... 29 September 2025|  

अर्थ

सफा भयो ‘बुलबुले ताल’

सफा भयो ‘बुलबुले ताल’

    प्रकाशित मितिः २२ जेष्ठ २०७९, आईतवार १९:५६
वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले ताल सरसफाई गरिएको छ। लामो समयदेखि फोहोरको थुप्रोले भरिएको तालको शनिबार सरसफाई गरिएको हो। ६ वर्षअघिदेखि तालमा डुंगा प्रयोग नहुँदा फोहोरको डंगुरले भरिएको थियो। सुर्खेतको प्रमुख पर्यटकीय स्थलका रुपमा बुलबुले ताल निर्माणको क्रममा छ। निर्माणसंगै तालमा पानी नअडिने भएसंगै चुनौती थपिएको छ। पहिलेजस्तो पानी तालमा नअडिँदा कम पानी रहेको छ। घुम्न आउनेहरुले फ्या
सिमेन्ट उद्योगका लागि कर्णालीमा १५ अर्ब लगानी भित्रियो

सिमेन्ट उद्योगका लागि कर्णालीमा १५ अर्ब लगानी भित्रियो

    प्रकाशित मितिः ६ बैशाख २०७९, मंगलवार ०५:०६
कर्णाली प्रदेशमा सिमेन्ट उद्योग सञ्चालनका लागि झण्डै १५ अर्ब रुपैयाँ बराबरको लगानी भित्रिएको छ। लगानी बोर्डको चैत १७ गतेको बैठकले सुर्खेतको बराहतालमा सिमेन्ट उद्योग सञ्चालनका लागि अनुमति दिएको थियो। लगानी बोर्डको अनुमतिसँगै सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीले सिमेन्ट उद्योग सञ्चालनका लागि तयारी सुरु गरेको छ। ‘दुई वर्षभित्र उत्पादन सुरु गर्ने गरेर प्रक्रिया अघि बढाएका छौं,’ सूर्यतारा सिमेन्ट उद्योग
वडाअध्यक्षको सिफारिसमा सिमसार क्षेत्रमा सडक

वडाअध्यक्षको सिफारिसमा सिमसार क्षेत्रमा सडक

    प्रकाशित मितिः १० चैत्र २०७८, बिहीबार ०५:१८
वीरेन्द्रनगर नगरपालिका –१० का वडाअध्यक्ष रत्नबहादुर बुढाको सिफारिसमा भस्नावाध ईलाका, (सिमसार क्षेत्र) संरक्षित क्षेत्रमा सडक निर्माण गरिएको छ। खानेपानीको मुहान संरक्षणका लागि संरक्षित सिमसार क्षेत्रको बीचभागबाट सडक खनिएपछि स्थानीयहरुले विरोध गरेका हुन्। सिमसार क्षेत्रमा सडक खनिएसंगै स्थानीयहरुले मुहान संरक्षण गर्नुपर्ने ठाउँमा वडा कार्यालय र वडाअध्यक्षले नै सडक खन्न नगरपालिकालाई सिफारिस गरेको भ
वन समितिबाटै आयआर्जन

वन समितिबाटै आयआर्जन

    प्रकाशित मितिः २४ फाल्गुन २०७८, मंगलवार ०५:३१
सुर्खेतको एक वन समितिबाटै उपभोक्ताहरुले आयआर्जनका लागि ऋण लिने गरेका छन्। वन समितिले उपभोक्ताहरुको ईच्छाअनुसार आयआर्जन गर्न चाहनेहरुलाई सहुलियत रुपमा ऋण दिने गरेको हो। लेकबेसी नगरपालिका –१ स्थित शहिद सामुदायकि वन उपभोक्ता समूहले आन्तरिक आयबाट बचत भएको रकम उपभोक्ताहरुलाई आयआर्जनका लागि लगानी गरेको हो। वन समूहमा २ सय ८५ घरधुरी आवद्ध रहेको छन्। करिव ८ लाख रकम समूहले उपभोक्ता वर्गीकरण गरेर गरिवी न्
कोहलपुर–सुर्खेत खण्डमा विद्युत विस्तारमा विवाद

कोहलपुर–सुर्खेत खण्डमा विद्युत विस्तारमा विवाद

    प्रकाशित मितिः २३ माघ २०७८, आईतवार ०५:१८
स्थानीयको अवरोधका कारण कोहलपुर–सुर्खेत–दैलेख १ सय ३२ केभि विद्युत लाईन विस्तारमा भेरीगंगा नगरपालिकाका स्थानीयहरुले अवरोध गरेका छन्। सुर्खेतको भेरीगंगा नगरपालिका–१० का स्थानीयहरुले झुक्काएर गाउँ हुँदै १ सय ३२ केभि लाईन लैजान लागेको भन्दै उचित क्षतिपूर्तिसहित संघर्ष समिति गठन गरेका हुन्। कोहलपुर–सुर्खेत–दैलेख १ सय ३२ केभि प्रसारण आयोजनाले घर तथा जग्गा प्रभावित हुने भन्दै स्थानीयहरु आक्रोशित भएका
दश पालिकामा अझै छैन सडक पहुँच

दश पालिकामा अझै छैन सडक पहुँच

    प्रकाशित मितिः २८ कार्तिक २०७८, आईतवार ०५:१६
सुर्खेत- नेपालको सबैभन्दा ठूलो भूगोल भएको कर्णाली प्रदेशमा जम्मा ७९ वटा स्थानीय पालिका छन्। ७९ मध्ये अझै १० वटा पालिका सडक सञ्जालसँग जोडिएका छैनन्। मुगु जिल्लामा चार वटा स्थानीय तह छन्। सदरमुकाम रहेको छायानाथ रारा नगरपालिका सडक सञ्जालसँग जोडिएको १० वर्ष पुग्यो। जुम्लाको नाग्मदेखि मुगु सदरमुकाम गमगढीसम्मको दूरी ९२ किलोमिटर हो। सदरमुकाममा गाडी पुगेको १० वर्षसम्म पनि नजिकैका खत्याड र मुगुमकार्मारो
हाइड्रोपावरले जग्गा र घट्टको मुआब्जा ठग्यो

हाइड्रोपावरले जग्गा र घट्टको मुआब्जा ठग्यो

    प्रकाशित मितिः २५ कार्तिक २०७८, बिहीबार ०५:१२
नौमुले गाउँपालिकामा निर्माणाधीन माथिल्लो लोहोरे हाइड्रोपावर कम्पनीले जग्गा र घट्टको मुआब्जा नदिँदा स्थानीयहरु आक्रोशित भएका छन्। हाइड्रो निर्माणका क्रममा जनप्रतिनिधि, प्रभावित स्थानीयसंग गरेको सम्झौता कार्यान्वयन नहुँदा अन्यौलता भएको हो। माथिल्लो लोहोरे हाइड्रोेपावरबाट प्रभावित ७२ वर्षीय खम्वीलाल कठायतले चलाएको घट्टको मुआब्जा दिन्छु भनेर अहिलेसम्म नदिएको गुनासो गरे। ‘खेतमा आउने सिँचाइ कुलो पनि
बेलायतमा पुराना मोबाइल, ल्यापटपमा प्रयोग भएको सुन निकाल्ने योजना सार्वजनिक

बेलायतमा पुराना मोबाइल, ल्यापटपमा प्रयोग भएको सुन निकाल्ने योजना सार्वजनिक

    प्रकाशित मितिः ४ कार्तिक २०७८, बिहीबार ०६:१४
काठमाण्डौ – बेलायतको सिक्का निर्माता कम्पनी रोयल मिन्टले पुराना मोबाइल फोन र ल्यापटप, कम्प्युटरबाट सुन र अरू धातु निकाल्ने योजना सार्वजनिक गरेको छ । काम नलाग्ने पुराना विद्युतीय उपकरणहरूको झण्डै २० प्रतिशत भाग पुनः प्रयोग गर्न सकिने धातु रहने भएकाले त्यस्ता धातु निकाल्ने प्रविधिको योजना सार्वजनिक गरेको बीबीसीले जनाएको छ । यो प्रविधिले विश्वको सबैभन्दा ठूलो वातावरणीय चुनौतीमध्ये एकलाई समाधान
दैलेखमा पेट्रोलियम पदार्थ रहेको चिनियाँ टोलीद्वारा पुष्टी

दैलेखमा पेट्रोलियम पदार्थ रहेको चिनियाँ टोलीद्वारा पुष्टी

    प्रकाशित मितिः ४ कार्तिक २०७८, बिहीबार ०५:१०
दैलेख-दुई वर्षअघि चिनियाँ कम्पनीले दैलेखमा गरेको अन्वेषणमा पेट्रोलियम पदार्थ रहेको पुष्टी गरेको छ। वर्षौदेखि दैलेखमा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएपनि यसको आधिकारिक पुष्टी हुन सकेको थिएन। २०७६ असोजबाट दैलेखको दुल्लु नगरपालिकालाई केन्द्रमा राखेर चिनियाँ अन्वेषण टोलीले अनुसन्धान गरेको थियो। कोभिड सुरु भएसँगै तीन महिनासम्म प्रारम्भीक अन्वेषणको काम सकेर चिनियाँ टोली फिर्ता भएको थियो। धन्नै दुई
गोर्खा टोवाद्वारा राजश्व छलेर सूर्तिजन्य पदार्थ बिक्रीवितरण

गोर्खा टोवाद्वारा राजश्व छलेर सूर्तिजन्य पदार्थ बिक्रीवितरण

    प्रकाशित मितिः ६ फाल्गुन २०७७, बिहीबार १९:४९
गोर्खा टोवाद्वारा राजश्व छलेर सूर्तिजन्य पदार्थ कर्णालीका दुर्गम गाउँमा बिक्रीवितरण गर्ने गरेको पाइएको छ । गोर्खा टोवाद्वारा उत्पादन गरेको वयलकम सूर्ति राजश्व छलेर बजारमा आएको पाइएको हो । वयलकम सूर्तिको प्याकेटमा आन्तरिक राजश्व कार्यालयको ट्याकसमेत छैन । जसले पनि सहजै अनुमान गर्न सकिन्छ, ‘उक्त कम्पनीले बजारमा ल्याएको वयलकम सूर्ति राजश्व छलेर बजारमा आएको छ ।’ सोही कम्पनीले उत्पादन गरेको अर्को सूर्