
अब सबै एटिएममा नेपाली भाषा अनिवार्य
प्रकाशित मितिः ५ जेष्ठ २०७६, आईतवार १८:५१
काठमाडौं- नेपाल राष्ट्र बैंकले अटोमेटेड टेलर मेसिन (एटीएम) मा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
आईतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ३० दिनभित्र नेपाली भाषासहितको एटिएम प्रयोगमा ल्याउन निर्देशन दिएको हो।
‘हाल बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित केही एटिएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेको सम्बन्धी जनगुनासाह