बजेट खर्च गर्न नसक्दा ७१ करोड फिर्ता
प्रकाशित मितिः ६ श्रावण २०७४, शुक्रबार १७:५४
जुम्ला । जुम्लाका सरकारी कार्यालयहरुले ७१ करोड भन्दा बढि रकम खर्च गर्न नसकेर फिर्ता पठाएका छन् । आर्थिक वर्ष २०७३र०७४ का लागि प्राप्त गरेको कुल बजेट मध्य ७१ करोड २२ लाख ६९ हजार ६ सय ६ रुपैया जुम्लाका सरकारी कार्यालयहरुले खर्च गर्न नसकेर रकम फ्रिज गएपछि फिर्ता पठाएका हुन् ।
जुम्लाका सरकारी कार्यालयहरुलाई प्राप्त भएको खुद बजेट ५ अर्बं ३५ करोड ११ लाख ९ हजार ३ सय ९९ रुपैया मध्य असार मसान्तसम्म ४ अर्ब