चौकुने सिमेन्ट उद्योग : सम्झौताको ७ वर्षपछि चुनढुंगा उत्खनन
प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १३:४५
सुर्खेत । सम्झौताको सात वर्षपछि सुर्खेतको गुटुस्थित चौकुने सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन सुरु गरेको छ । खानी क्षेत्रमा सडक पुगेपछि मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले सिमेन्ट उत्पादनका लागि चुनढुंगा निकाल्न थालेको हो ।
चौकुने क्षेत्रमा रहेका चुनढुंगा उत्खनन गरी सिमेन्ट उत्पादन गर्न खानी विभाग र कम्पनीबीच सात वर्षअघि सम्झौता भएको थियो । लाइसेन्स पाएको सात वर्षपछि कम्पनी बल्ल निर्माणपूर्वको