२वर्षदेखि तलब पाएनन् शिक्षकले
प्रकाशित मितिः २६ आश्विन २०७८, मंगलवार ०५:३३
सल्यान — बन्गाडकुपिण्डे नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतबाट भर्ना गरिएका झन्डै डेढ दर्जन शिक्षकले २ वर्षदेखि तलब पाएका छैनन् । विद्यालयको आफ्नै स्रोत नहुँदा शिक्षकहरू तलबबाट वञ्चित भएका हुन् ।
नगरपालिकाले विद्यालय सञ्चालन नभएको भन्दै सामुदायिक विद्यालयहरूको प्रतिविद्यार्थी अनुदान रोकेको छ । जसका कारण निजीस्रोतका शिक्षकलाई तलब खुवाउन समस्या भएको ह