☰ open Loading... 28 November 2024|  

शिक्षा

प्रअले विद्यालय भत्काए, विद्यार्थी चौरमा बसेर पढ्न बाध्य

प्रअले विद्यालय भत्काए, विद्यार्थी चौरमा बसेर पढ्न बाध्य

    प्रकाशित मितिः २१ माघ २०७७, बुधबार १९:२२
सुर्खेत । बराहताल गाउँपालिका–१ स्थित काफलगैरामा भैरव आधारभूत विद्यालय छ । तीन कक्षासम्म पढाई हुने विद्यालयमा अघिल्लो वर्षसम्म दुई कोठे कच्ची भवन थियो । ५० भन्दाबढी विद्यार्थीहरु नियमित अध्ययन गर्थे । गाउँलेले आफ्ना नानी–बाबु अध्ययन गर्ने विद्यालयमा थप कक्षा कोठाको माग गरे । भवन माग्दै स्थानीयहरु वडादेखि गाउँपालिकासम्म धाए । गाउँपालिकाले भैरव आधारभूत विद्यालयको भवन निर्माणका लागि १६ ल
शिक्षा प्रतिकार्य याेजना सम्बन्धि १ दिने गाेष्ठि सम्पन्न

शिक्षा प्रतिकार्य याेजना सम्बन्धि १ दिने गाेष्ठि सम्पन्न

    प्रकाशित मितिः २१ माघ २०७७, बुधबार ०७:११
दैलेख - दुल्लू नगरपालिमा शिक्षा प्रतिकार्य याेजना सम्बन्धि १ दिने गाेष्ठि सम्पन्न भएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघ केन्द्रीय कमिटिकाे समन्वय तथा युनिसेफकाे अार्थिक सहयाेगमा काेभिड १९ का कारण पछाडि परेकाे शिक्षा लाई कसरी व्यवस्थापन गर्ने यसको मुख्य उदेश्य रहेको छ। देशैभरीका २० वटा पालिकामा संचालन गरिने कार्यक्रममा दुल्लू नगरपालिका पनि छनाैट भइ कार्य संचालन गरिनेछ । गाेष्ठिले दुल्
मध्यपश्चिमाञ्चल विश्वविध्यालयका क्यामपस प्रमुखहरुले दिए सामुहिक राजिनामा

मध्यपश्चिमाञ्चल विश्वविध्यालयका क्यामपस प्रमुखहरुले दिए सामुहिक राजिनामा

    प्रकाशित मितिः ९ माघ २०७७, शुक्रबार ०६:४९
सुर्खेत,। मध्यपश्चिमाञ्चल विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् । उपकुलपतिको कार्यालयमा बसेको बैठकमा विश्वविधालयका उपकुलपति नन्दबहादुर सिंहले क्याम्पस प्रमुखहरूलाई अभद्र व्यवहार गरेको भन्दै क्याम्पस प्रमुखले सामूहिक राजीनामा दिएका हुन् । प्राज्ञिक थलोमा उपकुलपति सिंहको व्यबहार आपत्तिजनक भएको भन्दै सामूहिक रुपमा राजीनामा दिएको क्यामपस प्रमुखहरुले बताएका छन् । पछिल्लो समय

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप

    प्रकाशित मितिः २६ पुष २०७७, आईतवार २०:५७
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी र प्रहरीबीच आइतबार साँझ झडप भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई ज्ञापनपत्र बुझाउन गएका इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच साँझ साढे सात बजे झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन् । प्रहरीको लाठीबाट स्ववीयू सदस्य रोशन बस्नेत र तर्कबहादुर शाही घाइते भएका छ
दैलेख प्रहरीले गर्यो, विद्या सरकारलाई सार्वजनिक

दैलेख प्रहरीले गर्यो, विद्या सरकारलाई सार्वजनिक

    प्रकाशित मितिः २३ पुष २०७७, बिहीबार १८:४०
अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका-४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छिन् । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौले उनलाई पक्राउ गरेको हो । बिहीबार विद्या सरकारलाई दैलेख प्रहरी सार्वजनिकसमेत गरेको छ । दैलेखको नारायण नगरपालिकामा केही समय अघि आइ आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख कार
सेवा प्रवाह प्रभावकारी बनाउन नागरिक निगरानी

सेवा प्रवाह प्रभावकारी बनाउन नागरिक निगरानी

    प्रकाशित मितिः २३ पुष २०७७, बिहीबार ०७:०४
दैलेख -सेवा प्रवाह प्रभावकारी र स्तरीय बनाउन दैलेखमा पत्रकार, स्थानीय नागरिक समाजले स्वास्थ ,शिक्षा क्षेत्रका गतिविधि माथि निगरानी राख्न थालेका छन्।सुन्दर नेपाल संस्थाले अायाेजना गरेको कार्यक्रममा शिक्षा क्षेत्र,स्वास्थ क्षेत्रमा भएका समस्या हरेक गतिविधिमा छलफल भएको थियो ।नागरिक सेवा निगरानीका लागि नागरिक समाज संग समन्वयात्मक छलफल कार्यक्रममा स्वास्थ क्षेत्र ,शिक्षा क्षेत्रमा कार्यालयबाट हुने से
विद्यालयमा भीषण आगलागी

विद्यालयमा भीषण आगलागी

    प्रकाशित मितिः २२ पुष २०७७, बुधबार २१:४९
रुकुम पश्चिम । सोलार ब्याट्री विष्फोट हुँदा रुकुम पश्चिमको चौरजहारी नगरपालिका¬-१२ स्थित जनकल्याण माध्यमिक विद्यालयमा भीषण आगलागी भएको छ । बुधबार साँझ एकासी आगलागी हुँदा विद्यालयका महत्वपूणर् कागजातहरु जलेर नष्ट भएका छन् ।प्रहरी चौकी सर्केनाबाट खटेकोे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब २५ लाख रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको छ ।

सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परिक्षामा सात जना नक्कली परिक्षार्थी सात जना पक्राउ

    प्रकाशित मितिः १९ पुष २०७७, आईतवार १४:०५
सुर्खेत । सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परिक्षा दिइरहेका नक्कली परिक्षार्थी सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सट्टामा परिक्षा दिने र दिन लगाउने दुवै पक्षलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका १ का ईराज तामाङ सोही ठाउँका सन्तोष कोली र दैलेखको भगवतीमाई गाउँपालिका ६ का गणेश बहादुर रोकाय पक्राउ परेका हुन् ।
हुम्लामा हिउँदे बिदामा पनि पठनपाठन

हुम्लामा हिउँदे बिदामा पनि पठनपाठन

    प्रकाशित मितिः १६ पुष २०७७, बिहीबार १०:३०
हुम्ला : हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेअनुसार बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् ।  
कक्षा ११ को पाठ्यक्रम अदालती निर्णयको प्रतीक्षा

कक्षा ११ को पाठ्यक्रम अदालती निर्णयको प्रतीक्षा

    प्रकाशित मितिः १३ पुष २०७७, सोमबार ०६:१७
काठमाडौँ,। चालू शैक्षिक सत्रदेखि सुरु भएको कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको छ ।सरकारले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरी त्यसको ‘सर्कुलर’ गरेको भए पनि अदालतमा यो विषय विचाराधीन छ । सर्वोच्च अदालतले कात्तिक १९ गते नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरकालीन आदेश गरेको छ, पूर्ण फैसला आएको छैन । यो अवस्थामा नयाँ पढाउने वा पुरानो भन्नेम