
प्रधानमन्त्री स्ववियु चुनाव चाहँदैनन्
प्रकाशित मितिः ३ फाल्गुन २०७३, मंगलवार १६:५६
काठमाडौं । गत पुस २० गते त्रिभुवन विश्वविद्यालयको साधारणसभा अध्यक्षता ग्रहण गर्दै कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्तव्यमा स्ववियु चुनाव नहुने संकेत गरेका थिए। संस्थाको जीवन्तताका लागि स्ववियु निर्वाचन अपरिहार्य छ, प्रधानमन्त्री दाहालले भनेका थिए, तर स्ववियु निर्वाचनले स्थानीय चुनावमा प्रभाव नपारोस्।
विश्वविद्यालयले फागुन १४ गते तय गरेको स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हद र प्रधा