☰ open Loading... 5 May 2024|  

खेलकुद सामग्री हस्तान्तरण
  | १ फाल्गुन २०७३, आईतवार १०:२९

सुर्खेत । वीरेन्द्रनगर १६ मा रहेकाे नवज्याेति बाल संरक्षणका केन्द्रका अनाथ बालवालिाहरूलार्इ खेलकुद तथा पाठ्य सामग्रीहरू हस्तान्तरण गरिएकाे छ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेत र इङलिस एक्सेस माइक्रो स्कलर्सिप परियोजनाको एक्सेस सेन्टर सुर्खेतले संयुक्त रूपमा ति सामग्रीहरु हस्तान्तरण गरिएकाे हाे ।

16730704_10207213815298794_1436721993_n (1)

कार्यक्रममा बोल्दै नेल्टा सुर्खेतका अध्यक्ष बिष्णु कुमार खड्काले नेल्टा अङ्ग्रेजी भाषा शिक्षण तथा सिकाईका साथै मानविय विकासका विभिन्न पक्षमा सिक्ने सिकाउने जिवनोपयोगी शिक्षा सिक्नुपर्नेमा जोड दिएका थिए ।

उनले अनाथ बालबालिकाहरुलाई नयाँ जीवन दिन पुन्य कार्य गरेकोमा नवजीवन बाल संरक्षण केन्द्रलाई धन्यवाद दिएका थिए ।

नेल्टा सुर्खेतले आगामी दिनमा उनीहरुलाई अङ्ग्रेजी भाषा सिकाइको कार्यक्रम बनाउने बताउदै अध्यक्ष खड्काले विद्यालय र विश्वविद्यालयहरुको शिक्षामा मानवताको शिक्षामा जोडनु पर्ने बताए ।

त्यसैगरि नवजीवन बाल संरक्षण केन्द्रका संस्थापक तथा अध्यक्ष मोहन दास गुरुङले हाल संस्थामा १८ महिनादेखि १८ बर्ष उमेर समूहका कर्णाली र भेरी अञ्चलका विभिन्न जिल्लाला ४४ बढी अनाथ बालवालिकाहरु रहेकाे जानकारी दिए ।

उनले  ति वालवालिकाहरूलाइ शिक्षा, स्वास्थ, आवस तथा सम्पुर्ण व्यक्तित्व विकासमा सहयोगि भुमिकामा रहेको र विभिन्न संघ सस्थाहरुले पटकपटक गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा नेल्टा सुर्खेतका सचिव धनिराम शर्मा, एक्सेसका प्रशिक्षक र विध्यर्थीको सहभागीता रहेको थियो । आफ्नो समुदाय कार्य अन्तर्गतका विभिन्न कार्यक्रमहरुमध्ये नेल्टा सुर्खेत र एक्सेस सेन्टर सुर्खेतले यश अघि पनि देउती बज्यै मन्दिर सरसफाइ र समाग्री हस्तान्तरण, सडक नाटक प्रदर्शनी र नेताचोकमा ट्राफिक नियम सम्बन्धि जनचेतना एवम् जेब्रा क्रसिङको रेखांकन जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ ।