☰ open Loading... 24 November 2024|  

शिक्षा

विश्वविद्यालयका स्ववियु पदाधिकारीले सपथ खाए (भिडियोसहित)

विश्वविद्यालयका स्ववियु पदाधिकारीले सपथ खाए (भिडियोसहित)

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार ११:५७
गत भदौ १२ गते भएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ खाएका छन् । विश्वविद्यालयको आयोजनामा भएको कार्यक्रममा उनीहरुले मंगलबार पद तथा गोपनीयताको सपथ खाएका हुन् । विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोईरालाले विजयी पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । https://www.youtube.com/watch?v=6-O3gM6pz2E
पढ्दा पढ्दै कहाँ हराउँछन् ६ प्रतिशत विद्यार्थी ?

पढ्दा पढ्दै कहाँ हराउँछन् ६ प्रतिशत विद्यार्थी ?

    प्रकाशित मितिः २ आश्विन २०७३, आईतवार १६:५१
अछाम जिल्लामा आधारभुत तहका विद्यार्थीहरु विचमै कक्षा छोड्ने गरेका छन् । एक कक्षामा भर्नाहुने विद्यार्थीको संख्या ८ कक्षासम्म पुग्दा घट्ने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । तीन वर्ष अघि ३ प्रतिशत रहेको बालबालिकाहरुको विद्यालय छाड्ने दर बढेर ६ प्रतिशत पुगेको छ । ३ सय ५१ प्रावि, ७६ निमावि र ६३ मावि विद्यालयमा गरिएको सर्बेक्षणले औसत ४ दशमलव ८६ प्रतिशत बालबालिकाहरु बिचमै कक्षा छाड्ने गरेको जिल
गरिवीले ईट्टा उद्योगमा काम गर्न बाँध्य बालबालिका

गरिवीले ईट्टा उद्योगमा काम गर्न बाँध्य बालबालिका

    प्रकाशित मितिः २ आश्विन २०७३, आईतवार १६:३३
एक हजार आठसय बालबालिका स्कुल जाँदैनन् जिल्लामा अझै पनि एक हजार ८ सय बालबालिकाहरु विद्यालय बाहिरै रहेको तथ्याङ्कले पुष्टि गरेको छ । विद्यलाय बाहिरै रहेन बालबालिकाहरुमा रोल्पा जिल्लाको पश्चिमी क्षेत्रका गाविस धेरै रहेका छन् । जिल्ला शिक्षा कार्यालय, रोल्पाको तथ्याङ्कमा पाँच सय ५७ दलित, ८२८ जनजाती, अन्य समुदायका ५ सय ८ बालबालिकाहरु अझै पनि विद्यालय बाहिरै रहेका छन् । विद्यालय पहुँचमा नहुनु मुख्य का
२५ हजार बालबालिका विद्यालय बाहिर

२५ हजार बालबालिका विद्यालय बाहिर

    प्रकाशित मितिः १ आश्विन २०७३, शनिबार ०८:२४
सरकारले शिक्षा ऐन परिवर्तन गरेपश्चात निशुल्क तथा अनिवार्य शिक्षा अनुसार आधारभुत तह घोषणा गरेको छ । दैलेख जिल्ला शिक्षा कार्यालयको तथ्याँक अनुसार कक्षा १ मा भर्ना हुँदा १० हजार विद्यार्थीहरु भर्ना हुने गरेको भएपनि कक्षा ६ मा पुग्दा ६ हजार मात्र विद्यार्थीहरु पुग्ने गरेका छन् । यसबाट आधारभुत तहमा ४ हजार विद्यार्थीह विद्यालय बाहिर रहने गरेको देखिन्छ । जिल्ला शिक्षा कार्यालय दैलेखले १ देखि ८ कक्षालाई
अछाम अस्पताल हेल्थ अवार्डबाट सम्मानित

अछाम अस्पताल हेल्थ अवार्डबाट सम्मानित

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १८:५४
अछाम जिल्ला अस्पताल देशभरमै उत्कृष्ट अस्पतालको रुपमा छनौट भएको छ । स्वास्थ्य खवर पत्रिकाको वार्षिकोत्सवमा अछाम अस्पतालले हेल्थ अवार्ड २०७३ बाट सम्मानित भएको हो । पछिल्लो दुई वर्षमा आफ्नो सेवामा उल्लेख्य सुधार गरेकाले उत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरिएको पत्रिकाले जनाएको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर सरदचन्द्र बराललाई अवार्ड प्रदान गरिएको थियो । अछाम जिल्ला अस्पतालसँगै स्वास्थ्य सेवा क्षे
कसरी भए हुम्लाका खडानन्द उत्कृष्ट स्वाथ्यकर्मी ?

कसरी भए हुम्लाका खडानन्द उत्कृष्ट स्वाथ्यकर्मी ?

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १८:४८
किन ठहरिएए उनी उत्कृष्ट ? खडानन्द न्यौपाने १९ वर्षदेखि हुम्लामा कार्यरत छन् । त्यसमा पनि १५ वर्षदेखि सदरमुकाम सिमकोटबाट उत्तर स्याँडा गाविस उनको कार्यक्षेत्र हो । त्यहाँको स्थानीयका भरपर्दा ‘डाक्टर’ मात्रै होइनन्, जिल्ला स्वास्थ्य कार्यालयका पनि गाह्रो–अप्ठ्याराको एक्ला सिपाही हुन् । जिल्लाको जुन कुनामा अप्ठ्यारो पर्छ, अनुभवी स्वास्थ्यकर्मी आवश्यक हुन्छ, खडानन्दको नाम एक नम्बरमै आउँछ । हुम्ला जस
तीनसय बिरामीको उपचार गरेर काठमाडौं फर्किए डा. केसी

तीनसय बिरामीको उपचार गरेर काठमाडौं फर्किए डा. केसी

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १८:४२
चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गरेका शिक्षण अस्पतालका डा गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ । डा केसी झोलामा औषधि बोकेर बुधबार रोल्पा पुगेका हुन् । शिविर सम्पन्नपछि उनी आज बिहानै बसबाट काठमाडौँ फर्किएको स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख डा मिलन बज्राचार्यले बताए ।
व्यवस्थित बन्दै क्षेत्रीय अस्पताल

व्यवस्थित बन्दै क्षेत्रीय अस्पताल

    प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार १६:४९
असोज १ गतेबाट अस्पताल विस्तारित सेवा शुरु हुँदै मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सुविधालाई थप प्रभावकारी बनाउन नयाँ सेवा सञ्चालन हुने भएको छ । आगामी असोज १ गतेबाट सेवाग्राहीको चाप बढेपछि अस्पताल विस्तारित सेवाहरु सञ्चालन गर्न लागेको हो । अस्पताल समयभन्दा पछिको समयमा पनि सेवा दिने उदेश्यले अस्पताल विस्तारित सेवा (इएचएस) शुरु गर्न लागेको क्षेत्रीय अस्पताल सुर्खेतका निमित्त मेडिकल सुपरिटेण्
यसरी मनाईयो पश्चिम नेपालमा बाल दिवस

यसरी मनाईयो पश्चिम नेपालमा बाल दिवस

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १८:४४
३७ औं राष्ट्रिय बाल दिवसको अवसरमा सुर्खेतका तीनवटा लायन्स क्लवले स्टेशनरी वितरण गरेका छन् । लायन्स क्लब अफ काक्रेबिहार, लायन्स क्लब अफ सुर्खेत भ्याली तथा लायन्स क्लब अफ सुर्खेत मध्यपश्चिमको संयुक्त आयोजनामा जनजागृत आधारभुत विद्यालय, पदमपुर सुर्खेतमा स्टेशनरी सामाग्री वितरण गरिएको हो । २०४८ सालमा स्थापना भएको उक्त विद्यालयमा ३४ जना दलित, ३७ जना जनजाती र ५७ जना अन्य समुदायका गरी कुल १३१ जना विद्य
निर्माण ढिलाईले विश्वविद्यालय भवनको लागत बढ्यो

निर्माण ढिलाईले विश्वविद्यालय भवनको लागत बढ्यो

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार ०७:३४
निर्माण ढिलाईले मध्यपश्चिम विश्वद्यिालयको केन्द्रीय प्रशासनिक भवनको निर्माण लागत बढेको छ । २३ करोड लागतमा निर्माण गर्ने हुने भनिएको लागत एक करोड थप बढेको विश्वविद्यालयले जनाएको छ । यही भदौ महिनाबाट नै निर्माण सुरु हुनुपर्ने भवन अव आगामी मंसीर महिनाबाट सुरु हुने भएको विश्वविद्यालयका रजिष्ट्रार डा.महेन्द्रकुमार मल्लले जानकारी दिएको खवर सुर्खेत पहिचान दैनिकमा छ । उनले भवनको डिजाईन मोडिफाई गर्नुपर्न