☰ open Loading... 15 March 2025|  

जनप्रतिनिधि/कर्मचारी

त्रिशुल

त्रिशुल

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार १०:४१
दाङ जिल्लाकाे धर्ना गा.वि.स.१ धारापानी मन्दिरमा रहेको विश्वकै ठूलो दाबि गरिएको त्रिशुल । 
रोपाई

रोपाई

    प्रकाशित मितिः ३१ असार २०७३, शुक्रबार ०३:०६
प्रयाप्त वर्षा भएपछि पश्चिम दैलेखको तोलीजैशी गाविसमा धान रोप्दै महिलाहरु । मनसुनको आगमनसंगै दैलेखका लेकाली क्षेत्रका अधिकाँश ठाउँमा धान रोपाई अन्तिम चरणमा पुगेको छ । तर खोला किनारा र सिँचाई अभाव क्षेत्रमा भने धान रोप्ने काम असार १५ पछिबाट शुरु हुने क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । कुल ८ हजार ५ सय ७ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने दैलेखमा २१ प्रतिशत रोपाई सकिएको छ । राकमकर्णाली, नौमुल
कहिले बन्ला पुल ?

कहिले बन्ला पुल ?

    प्रकाशित मितिः २५ असार २०७३, शनिबार ०३:२०
यो दृश्य पश्चिम सुर्खेतको गुटु–बिनिघाट सडक अन्तर्गत पर्ने बेतान र लगामको सीमानामा पर्ने सिमलखेत खोलाको पुलको हो । वीरेन्द्रनगर–डोटी जोड्ने चर्चित यो सडक खण्डमा काम चलाउ काठको पुलमा वर्षौदेखि पश्चिम सुर्खेतका नागरिकहरु जोखिमपूर्ण यात्रा गर्न बाँध्य छन् । तर जिल्ला विकास समिति, सडक कार्यालय, माननिय र जिल्ला स्थित राजनीतिक दल कानमा तेल हालेर बसेको आरोप यहाँका नागरिकहरुको छ । मालबहाक सवारी सधानबाट