कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैं
प्रकाशित मितिः २० श्रावण २०८१, सोमबार ०९:४१
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । त्यसका लागि उनले शनिबार नै प्रदेश सभामा पत्र दर्ता गराइसकेका छन् ।
कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन् । कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक उनले गत वैशाख १३ गते विश्वासको मत लिएका थिए । त्यो बेला उनलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले मत दिएको थियो ।
साउन