
मिस्टर भर्जिन : द्विअर्थी संवादले ‘अर्थहीन’ बनाएको फिल्म (समीक्षा)
प्रकाशित मितिः ५ भाद्र २०७५, मंगलवार ०९:५८
अर्घेलो थापा
काठमाडौं, युट्युबमा टन्नै डबल मिनिङ (द्विअर्थी) का भिडियोहरु भेटिन्छन् । ती भिडियो दर्शकले हेरून् भनेर शीर्षक नै त्यस्तै द्विअर्थ बुझाउने राखिन्छन् । हलमा चलिरहेको ‘मिस्टर भर्जिन’ फिल्मभन्दा बढी तिनै द्विअर्थी लाग्ने संवादहरुको चाङ हो भन्दा फरक पर्दैन ।
सीधा अर्थमा भन्नुपर्दा ‘मिस्टर भर्जिन’ युट्युबमा छ्यापछ्याप्ती पाइने भिडियोसँग धेरथोर तुलना गर्न मिल्ने खालको फिल्म(?) हो । फरक क