☰ open Loading... 3 May 2024|  

बजार

आन्तरिक हवाई उडानको तयारीमा कर्णाली सरकार

आन्तरिक हवाई उडानको तयारीमा कर्णाली सरकार

    प्रकाशित मितिः २४ माघ २०८०, बुधबार ०९:४३
कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ। प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो। प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक–पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले कार्यान्वयनमा ल्
मोटोपन, मधुमेह र मदिरा

मोटोपन, मधुमेह र मदिरा

    प्रकाशित मितिः २३ माघ २०८०, मंगलवार १०:२१
तीन, चार दशकअघिसम्म पनि विश्वको ठूलो हिस्सामा खान्कीको अभाव थियो। मानिस भोजनको कमीले हुने कुपोषणजन्य रोगको सिकार थिए। अहिले अवस्था फेरियो। चाहिनेभन्दा अधिक भोजन गर्ने र अस्वस्थकर चलानी खानामा बाँच्ने समूह चुलियो। मोटा मानिसको संख्या बढ्यो। मानिसको तौल बढ्दा धेरै रोग भित्रने मात्र होइन, अल्पायुमै मृत्यु हुनेको संख्यासमेत अकासियो। क्यान्सर, मुटुका समस्यादेखि चिनी रोगसम्मको मुख्य जड भयो वजन। अत्यध
कर्णालीका नयाँ प्रहरी प्रमुखलाई पत्रकारको सुझाव

कर्णालीका नयाँ प्रहरी प्रमुखलाई पत्रकारको सुझाव

    प्रकाशित मितिः २२ माघ २०८०, सोमबार १६:२१
सरुवा भएका आएका कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) लाल मणि आचार्यलाई सुर्खेतमा कार्यरक्त पत्रकारहरुले सवारी चेकजाँच र लागुऔषध नियन्त्रणमा विशेष रुपमा काम गर्नुपर्ने बताएका छन् । पत्रकारसंग भेटघाट कार्यक्रममा डिआइजी आचार्यलाई सवारी चेक, लागुऔषध नियन्त्रण, प्रहरी गस्ति बढाउनुपर्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्ने सुझाव पत्रकारहरुले दिएका हुन् । नयाँ सुरुवा भएर आएका डिआइजी आचार्यले प्र
प्रदेशसभामा ७ विधेयक टेबुल, ४ प्रमाणीकरण

प्रदेशसभामा ७ विधेयक टेबुल, ४ प्रमाणीकरण

    प्रकाशित मितिः २२ माघ २०८०, सोमबार १५:५२
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालमा ७ वटा विधेयक टेबुल भएकोमा ४ वटा विधेयक प्रमाणीकरण भएको छ। अन्य ३ वटा विधेयक भने विषयगत समितिमा छलफलका लागि पठाइएको छ। सो विधेयक हालसम्म विचाराधीन अवस्थामा छ। २०८० साउन ११ गते प्रमाणीकरण भएका विधेयकहरूमा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० असार ३१ गते कर्णाली प्रदेश आर्थिक विधेयक २०८०, २०८० असार ३१
साहारा सहकारीविरुद्ध उजुरी दिन प्रहरीको आह्वान

साहारा सहकारीविरुद्ध उजुरी दिन प्रहरीको आह्वान

    प्रकाशित मितिः २० माघ २०८०, शनिबार ०९:५८
चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरूलाई उजुरी दिन आह्वान गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना सार्वजनिक गर्दै १५ दिन भित्र उजुरी दिन पीडितहरूलाई आह्वान गरेको हो। भरतपुर महानगरपालिका वडा नं.०३ लायन्सचोकमा केन्द्रीय कार्यालय रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयका पदाधिकारी, सेवा केन्द्र टाँडी र पर्सा शा
सुरु भयो कर्णालीमा हिमपात, किसानहरुमा खुसी

सुरु भयो कर्णालीमा हिमपात, किसानहरुमा खुसी

    प्रकाशित मितिः १८ माघ २०८०, बिहीबार ०९:२१
कर्णालीका हिमाली जिल्लामा हिमपात सुरु भएको छ। गयराति साढे तीन बजेदेखि हिमपात सुरु भएको हो। जुम्लामा भने यो वर्षको पहिलो हिमपात हो। बुधवार साँझ मौसम बदली भइ बादल लागेर रातिदेखि हिउँ पर्न थालेको हो। हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। हिउँ पर्दा किसानहरू भने खुसी भएका छन्। भर्खरै स्याउ बगैंचा व्यवस्थापन गरेका चन्दननाथ–४ देवीप्रसाद सिम्खाडाले अब बगैंचा सप्रने आशा पलाएको बताए। स्थानीय भक्तबहा
११ वर्षमा बिहे, १५ वर्षमा आमा

११ वर्षमा बिहे, १५ वर्षमा आमा

    प्रकाशित मितिः १८ माघ २०८०, बिहीबार ०९:१७
जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ की ६३ वर्षीया सरस्वती रोकायाले १२ वर्षको कलिलो उमेरमा विवाह गरिन्। अहिले उनका दुई छोरी र चार छोरा छन्। पाँचवटा बच्चा खेर गए, केही गर्भास्थामै खेर गए, केही दुईचार महिना पुगेर खेर गए। उनले भनिन्, ‘बालविवाह गरेको थाहा पाइनँ। न् त बालविवाहले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा जानकारी थियो । अन्जानमा बाल विवाह गरेर बन्धनमा बाँधिन पुगेँ। आमाबुबाले नै केटो मागिदिनुभयो।’
मुगुमा भाइरल ‘इन्फ्लुएन्जा’ फैलिएको पुष्टि

मुगुमा भाइरल ‘इन्फ्लुएन्जा’ फैलिएको पुष्टि

    प्रकाशित मितिः १७ माघ २०८०, बुधबार १६:०४
मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका-६ पुरुमुरु गाउँमा तीन जनाको ज्यान जानेगरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ। सोरु गाउँपालिका-६ का पुरुमुरु र जिमा गाउँमा डेढ साता अघिबाट फैलिएको मौसमी रुगाखोकीबाट तीन जनाको मृत्यु भइसकेको र एक सय ५० जना थला परेका थिए। थला परेका मध्ये १ सय ३५ जनामा उक्त स्थानमा पुगेका डाक्टर सहितको टोलीले चेकजाँच गर्दा भाइरल इन्फ्लुएन्जा लक्षण देखिए
१०३ वर्षीय वृद्धले गरे तेस्रो बिहे

१०३ वर्षीय वृद्धले गरे तेस्रो बिहे

    प्रकाशित मितिः १६ माघ २०८०, मंगलवार १२:५५
भारतमा १०३ वर्षका एक जना वृद्धले बिहे गरेको समाचार यतिबेला भाइरल बनेको छ । एक्लोपन भगाउन भन्दै भोपालका ती वयोवृद्धले ४९ वर्षकी महिलासँग तेस्रो बिहे गरेका हुन् । हबीब नजर उर्फ मंझले मियांलाई आजतकले मध्य प्रदेशको सबैभन्दा पाको बेहुला भनेको छ । स्वतन्त्रता सेनानी हबीबले आफू एक्लो भएको भन्दै एक्लोपन भगाउन आफूभन्दा आधाभन्दा कम उमेरकी बेहुली भित्र्याए । सामाजिक सञ्जालमा यतिबेला यो बिहेबारे निकै च
आजदेखि ५ बजेसम्म खुल्नेछन् सरकारी कार्यालय

आजदेखि ५ बजेसम्म खुल्नेछन् सरकारी कार्यालय

    प्रकाशित मितिः १६ माघ २०८०, मंगलवार १२:४७
आज मंगलबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिंदैछ । भोलिदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ । त्यसबाहेकका अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु