नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन
प्रकाशित मितिः २८ जेष्ठ २०८२, बुधबार १४:०३
आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार दुई सय करदाता निलम्बनमा परेका छन् ।
आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्यअभिवृद्धि करदाताले विवरण नबुझाएकाले उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए ।
“विवरण नबुझाएकालाई निलम्बन गरिएको छ र संस्थाको कारोवार पनि रोक्का गरिएको छ”, उनले भने । आन्तरि








