☰ open Loading... 27 November 2024|  

बजार

नापी कार्यालयका कर्मचारी अख्तियारको नियन्त्रणमा

नापी कार्यालयका कर्मचारी अख्तियारको नियन्त्रणमा

    प्रकाशित मितिः २५ जेष्ठ २०८१, शुक्रबार २०:३७
कपिलवस्तुको शिवराजनगर नगरपालिकाको चन्द्रौटा स्थित नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचन प्रसाद गुप्ता शुक्रवार दिउसो २ बजेतिर ३५ हजार घुस सहित रंगेंहात पक्राउ परेका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलको टोलीले गुप्तालाई पक्राउ गरेको हो । कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार कार्यालय
मौरीपालन गरेर वार्षिक २५ लाखसम्म आम्दानी

मौरीपालन गरेर वार्षिक २५ लाखसम्म आम्दानी

    प्रकाशित मितिः २५ जेष्ठ २०८१, शुक्रबार १५:१६
पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो। विसं २०६३ मा १० हजारको लगानीमा दुइटा घारबाट सुरु भएको उनको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रुपमा विस्तार भएको छ। सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ। ‘मौरीको स्थानीय स्रोत केन्द्रका रुपमा उद्योगलाई विकास गरेका छौँ, हालसम्म एक करोड बढी लगानी भइसक
सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुग्यो

सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुग्यो

    प्रकाशित मितिः २५ जेष्ठ २०८१, शुक्रबार १५:०१
सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि पुरानो रेकर्ड तोड्दै १ लाख ४४ हजार रुपैयाँ पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार फेरि १ हजार रुपैयाँले बढेको छ। आज सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेर कारोबार भैइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो। बिशेष गरी बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछ
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

    प्रकाशित मितिः २२ जेष्ठ २०८१, मंगलवार १६:५६
स्थानीय बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रहेकोमा आज प्रतितोला सुनको मूल्य १ हजार ७ सयले बढेर १ लाख ४२ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। जुन हालसम्मकै उच्च मूल्य हो। त्यसो त यसअघि जेठ १८ गते शुक्रबार सुनको मूल्य १ लाख ४२ हजार २ सय कायम भएको थियो। आज उक्त रेकर्ड तोड्दै सुनको मूल्यल
हुम्लामा जोडियो राष्ट्रिय सडक

हुम्लामा जोडियो राष्ट्रिय सडक

    प्रकाशित मितिः २१ जेष्ठ २०८१, सोमबार २०:५३
देशका ७७ जिल्लामध्ये हालसम्म सडक सञ्जालले नछोएको एक मात्र जिल्ला सदरमुकाम हुम्लाको सिमकोटमा पनि सडक पुगेको छ। राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सदरमुकाम सिमकोटमा पहिलो पटक नेपालकै बाटो हुँदै यातायात सेवा पुगेको हो। चीनको सीमा हुँदै सिमकोटमा पहिला नै सडक पुगे पनि नेपालकै बाटो हुँदै भने सडक पुगेको यो पहिलो पटक भएको सरकारको दाबी छ। नेपालमा सडक निर्माणको सुरुवात १९८० को दशकमा काठमाडौं उपत्यक
पूर्वसहसचिव राजभण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्वसहसचिव राजभण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

    प्रकाशित मितिः २० जेष्ठ २०८१, आईतवार २१:४२
सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको हो । विशेष अदालतले २०६९ मंसिर ११ गतेमा पूर्व सहसचिव राजभण्डारीलाई दोषी ठहर गरेको थियो । विशेषले उनले २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै त्यति रकम असुलउपर गर्नुपर्ने ठहर गरेको थियो । उनीसँ
सुनको मूल्य अहिलेसम्म कै उच्च

सुनको मूल्य अहिलेसम्म कै उच्च

    प्रकाशित मितिः १८ जेष्ठ २०८१, शुक्रबार ११:०७
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा हालसम्मकै उच्च मूल्यमा पुगेको हो । शुक्रबार सुन तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालगन्जमा सबैभन्दा बढी गर्मी

नेपालगन्जमा सबैभन्दा बढी गर्मी

    प्रकाशित मितिः १८ जेष्ठ २०८१, शुक्रबार १०:५५
बिहीबार दिउँसोसम्म ४३ डिग्री सेल्सियस कायम भएको नेपालगन्जको तापक्रम बेलुका भने ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। यो देशभरिमै सबैभन्दा बढी तापक्रम हो। पछिल्ला केही दिनयता नेपालगन्जको तापक्रम दैनिक उकालो लागिरहेको छ। बिहीबार साँझ ४४.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान महाशाखाले जानकारी दिएको छ। बुधबार ४२.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। बिहीबार नेपालगन्जसह
आज यी प्रदेशमा आंशिक बदली भई वर्षा

आज यी प्रदेशमा आंशिक बदली भई वर्षा

    प्रकाशित मितिः १८ जेष्ठ २०८१, शुक्रबार १०:५२
मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिक बदली रहने बताएको छ। महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार कोशी, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने क
गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

    प्रकाशित मितिः १७ जेष्ठ २०८१, बिहीबार १५:००
तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन्। बुधबार कैलालीको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन भएको छ। कैलालीमा गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्। बुधबार धनगढीको तापक्रम ४३ दशमलव ३६ डिग्री तापक्रम मापन गरिएको छ। मङ्गलबार ४२ डिग्री सेल्सियस मापन भएको कैलालीको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा सो डिग्री म