
कोरियाबाट फर्केर माछापालनमा
प्रकाशित मितिः ५ जेष्ठ २०८१, शनिबार १८:१८
बागलुङ नगरपालिका ४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ। बागलुङको काठेखोला गाउँपालिका ८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत ६ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन्।
उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गरेका हुन्। तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका छन्।
‘श्रमिकका रूपमा कोरिया पुगेको थिएँ। कोर