सुर्खेत–दैलेख ३३ केभी प्रसारण लाइन मर्मतका कारण विद्युत सेवा आज अवरुद्ध
प्रकाशित मितिः ४ आश्विन २०८२, शनिबार ०८:०३
सुर्खेत–दैलेख ३३ केभी प्रसारण लाइन अन्तर्गत पर्ने क्षेत्रहरूमा आज बिहानदेखि दिउँसोसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार, प्रसारण लाइनमा छोइएका रूख तथा हाँगाबिगा काट्ने कार्यका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।
प्राधिकरणले जानकारी दिएको अनुसार, आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सो प्रसारण लाइनमा विद्युत प्रवाह पूर्ण रूपमा बन्द गरिनेछ। यस समयमा प्रभावि








