महिनैपिच्छे दुर्घटनाको जोखिम खेप्न बाध्य कर्णालीवासी
प्रकाशित मितिः २९ माघ २०८०, सोमबार १०:४६
जिल्लाका ग्रामीण सडकमा अनुमतिविनै गाडी सञ्चालन गर्दा पटकपटक दुर्घटना हुने गरेको छ। आफैं ‘डोजर अपरेटर’ आफैं इन्जिनियर भएर अधिकांश स्थानीय तहले खनेका अधुरा सडकहरूमा दुर्घटनै दुर्घटना हुने गरेको हो। प्राविधिक नाप नक्साविनै खनेका यी सडकमा दिनप्रतिदिन गाडी दुर्घटना हुने गरेका छन्। सडक खन्ड अझै पूर्ण निर्माण भएका छैनन्।
केही महिनाअघि जिल्लाको शुभकालिका गाउँपालिका–४ मा खेलाडी बोकेर हिँडेको बोलेरो जिप