सुनचाँदी पसलमा छापा मारेर चाँदी बरामद
प्रकाशित मितिः १६ कार्तिक २०८०, बिहीबार २१:४९
विराटनगरमा एक सुनचाँदी पसलमा छापा मारेर तस्करी गरी ल्याइएको ठूलो परिमाणको चाँदी बरामद गरेको छ।
बिहीबार दिउँसो विराटनगर उपमहानगरपालिका-११ पिचरास्थित पशुपति सुनचाँदी पसलमा छापा मारेको हो।
करिब ४० किलो चाँदी बरामद गरेको विराटनगर भन्सार कार्यालयका सूचना पर्शुराम दाहालले बताए।
उनका अनुसार उक्त चाँदीका गरगहना अहिले भन्सार कार्यालयमा राखिएको छ। बरामद गरिएको चाँदीको यकिन तौल निकालिने उनले बताए।