जुम्लाबाट स्याउसंगै सुकेको चाना पनि हुन्छ निर्यात
प्रकाशित मितिः २८ भाद्र २०८०, बिहीबार १८:३७
जुम्लाको अर्गानिक स्याउको परिकार अनेक छन्। उत्पादन हुने स्याउको विभिन्न परिकारमध्ये एक स्याउका चाना पनि हो। जो मेसिनबाट काटेर सुकाई प्याकिङ गरी बजारमा पठाइन्छ।
जुम्लामा बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकले स्याउभन्दा चानालाई बढी रुचाएको पाइन्छ। त्यसमा, विदेशीले चाना खान बढी रुचि देखाउने गरेको किसान तथा व्यापारी बताउँछन्। स्याउ सिजन सकिएपछि चानाको व्यापार फस्टाउँछ।
पछिल्लो समय जुम्लाका कि