☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

मैत्रीपूर्ण खेल खेलेर मनाईयो भलिबल दिवस

मैत्रीपूर्ण खेल खेलेर मनाईयो भलिबल दिवस

    प्रकाशित मितिः २४ असार २०८२, मंगलवार १५:२३
सुर्खेतमा मैत्रीपूर्ण भलिबल खेल खेलाएर विश्व भलिबल दिवश मनाईएको छ । कर्णाली प्रदेश भलिबल संघको आयोजनामा वीरेन्द्रनगरमा महिला र पुरुष भलिबल खेल खेलाईएको हो । विश्व भलिबल दिवशको अवसरमा खेलाडी, भलिबल पदाधीकारीहरुले खेल मैदानमै केक काटेर पनि मनाईयो थियो । विश्व भलिबल दिवसको अबसरमा महिलातर्फ चुली युवा क्लब जाजरकोट र पुरुषतर्फ कर्णाली खेलकुद शिक्षक प्रशिक्षणमा सहभागी शिक्षक र चुली युवा क्लबबिच म
हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक घाइते

हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक घाइते

    प्रकाशित मितिः २४ असार २०८२, मंगलवार ०६:३३
कर्णाली करिडोरको भिडगौडमा एम्बुलेन्स दुर्घटना भएको छ। एम्बुलेन्समा रहेका चार जना सहजै उत्रे पनि चालक भने दुर्घटनामा घाइते भएका प्रहरीले जनाएको छ। चालकले उकालो कटाउन नसक्दा एम्बुलेन्स अनियन्त्रित भई करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब निरीक्षक शङ्कर पोखरेलले जानकारी दिए। हुम्लाको खार्पुनाथ गाउँपालिकाको बा २ झ ४५८० नं को एम्बुलेन्स गाउँपालिका आउँदै गर्दा द
जुम्लामा चट्याङ लगेर एक गम्भीर, उद्धारमा कठिनाइ

जुम्लामा चट्याङ लगेर एक गम्भीर, उद्धारमा कठिनाइ

    प्रकाशित मितिः २३ असार २०८२, सोमबार २१:५६
जुम्लाको एक उच्च हिमाली पाटनमा चट्याङ पर्दा एक जना भेडागोठाला गम्भीर घाइते भएका छन् भने दुई सय भेडा मरेका छन्। जिल्लाको गुठिचौर गाउँपालिका-५ स्थित धौलीगाडको ठूलो हाका पाटनमा सोमबार दिउँसो साढे ४ बजेतिर उक्त घटना भएको हो। चट्याङ लागेर सिंजा गाउँपालिका-६, भाडगाउँका ५२ वर्षीय धनबहादुर रावत गम्भीर घाइते भएका छन्। प्रत्यक्षदर्शी गोविन बुढाका अनुसार, घाइते रावत अचेत अवस्थामा छन्। उनको नाक तथा मुखब
कर्णालीको चुवाखोला बेलिब्रिज प्रधानमन्त्रीबाट उद्घाटन

कर्णालीको चुवाखोला बेलिब्रिज प्रधानमन्त्रीबाट उद्घाटन

    प्रकाशित मितिः २२ असार २०८२, आईतवार २०:५९
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली कोरिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५, च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गर्नुभएको छ । पुलको उद्घाटनसँगै अब हुम्ला सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । यस अघि हुम्ला जिल्ला मात्र राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी थियो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रूपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन । प्रधान
डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै कुटपिट

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै कुटपिट

    प्रकाशित मितिः २२ असार २०८२, आईतवार १९:५८
डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख (डिएफओ) अमर प्रसाद साहमाथि उनकै कार्यकक्षमा कुटपिट भएको छ । आइतबार दिउँसो करिब ४ बजेतिर कार्यालयमा प्रवेश गरेको अज्ञात समूहले डिएफओ शाहमाथि हातपात गरी फरार भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार, तीन–चार जनाको सङ्ख्यामा आएको समूहले साहमाथि हातपात गरेको थियो । आक्रमणकारीहरूले मुखमा कालो मास्क लगाएका थिए र घटना लगत्त
“असुस नेपाल भिजन २०२५” कर्णालीमा भव्य रूपमा सम्पन्न

“असुस नेपाल भिजन २०२५” कर्णालीमा भव्य रूपमा सम्पन्न

    प्रकाशित मितिः २२ असार २०८२, आईतवार ११:४८
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा “असुस नेपाल भिजन २०२५” नामक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कर्णालीमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय व्यापारी, डिलर, आईटी व्यवसायी तथा शिक्षा क्षेत्रमा सक्रिय विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको मूल उद्देश्य असुस ब्रान्डका ल्यापटप र डिजिटल उपकरणहरूलाई कर्णाली
प्रधानमन्त्री ओली हुम्ला जाँदै

प्रधानमन्त्री ओली हुम्ला जाँदै

    प्रकाशित मितिः २२ असार २०८२, आईतवार ०९:४५
कुन्ती मोक्तानको चर्चित गीत छ– 'हुम्ला जुम्ला गाडीमा कहिले जाने हो ?' सडक पूर्वाधारले नछोएको हुम्लाको परिवेशमा लेखिएको यो गीतले भूगोलको सौन्दर्य र पुग्न नसकेको कठिनाइलाई वर्णन गरेको छ। हो त्यही सुन्दर हुम्ला आजबाट सडक सजालमा जोडिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदै छन्। कर्णाली करिडोरको खार्पुनाथ-५, मा पर्ने चुवाखोलामा बनाइएको बेलीब्रिजको उद्घाटन गर्न प्र
एमालेका ‘बदनाम’ नेता नन्दसिंह : नक्कली विद्यालय खडा गरेर भ्रष्टाचार, मन्त्री पदका लागि ‘फ्लोर क्रस’

एमालेका ‘बदनाम’ नेता नन्दसिंह : नक्कली विद्यालय खडा गरेर भ्रष्टाचार, मन्त्री पदका लागि ‘फ्लोर क्रस’

    प्रकाशित मितिः २१ असार २०८२, शनिबार १३:२७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । जसमा नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढाको समेत नाम समावेश छ । ७ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी उनीसहित तत्कालीन डोल्पा जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविचन्द्र पजियार, सोही कार्यालयका लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगीता बुढा विरुद्ध मुद्दा
रोपाइँ गरिरहेको बेला चट्याङ लागेर एकको मृत्यु, चार घाइते

रोपाइँ गरिरहेको बेला चट्याङ लागेर एकको मृत्यु, चार घाइते

    प्रकाशित मितिः २० असार २०८२, शुक्रबार १८:१०
भेरीगङ्गा नगरपालिका ८ कुइरे भन्ने स्थानमा परेको चट्याङले एक जनाको मृत्यु भएको छ । कुइरेमा रहेको वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा आज दिउसो ३ः०० बजे एक्कासी चट्याङ लागेर सोही वडाका २७ वर्षीय डिलबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनापश्चात

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

    प्रकाशित मितिः २० असार २०८२, शुक्रबार ०९:१२
जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिए । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समय