☰ open Loading... 4 November 2025|  

प्रदेश खबर

दैलेख जिल्ला अस्पताल विरामीले भरिभराउ

दैलेख जिल्ला अस्पताल विरामीले भरिभराउ

    प्रकाशित मितिः २७ आश्विन २०८२, सोमबार ११:२०
विरामीको चाप बढेसंगै जिल्ला अस्पताल दैलेखले विरामीहरुलाई कुर्चीमै राखेर उपचार गरेको छ । २०४२ सालमा ओपिडीका रुपमा बनाईएको साँगुरो भवनमा बेड अभाव हुँदा कुर्चीमै राखेर उपचार गर्न थालिएको हो । १५ शैयाको क्षमता रहेको अस्पतालमा बिरामीको चाप अत्यधिक बढेपछि हाल ५८ बेडसम्मको व्यवस्थापन गरेर सेवा सञ्चालन भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज विश्वकर्माले जानकारी दिए । उनका अनुसा
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री

जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री

    प्रकाशित मितिः २७ आश्विन २०८२, सोमबार ०६:१९
जुम्लाबाट करिब चार हजार ७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाइएको छ । कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा उक्त परिमाणमा स्याउ बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो । अझै ग्रामीण भेगको स्याउ र फुजी स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाउने काम भइरहेको छ । आगामी मङ्सिरको दोस्रो सातासम्म उत्पादित स्याउको परिमाण र बिक्रीका लागि बाहिर पठाइए

हुम्लामा जीप दुर्घटना हुँदा गम्भीर घाइते पाँचजना घाइतेलाई हेलिकप्टर मार्फत सुर्खेत लगियो

    प्रकाशित मितिः २४ आश्विन २०८२, शुक्रबार १५:३०
हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये पहिलो लटमा ५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ । घाइतेमध्ये ३६ वर्षीय महेन्द्र रोकाया, २९ वर्षीय कैलाश सिरा, २६ वर्षीया पार्वती सिरा, १९ वर्षीय बाबु लामा र ४ वर्षीया जागृती रोकायलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रहरीले जनाएको छ । चंखेली गाउँपालिका-४ बेशी खोला स्थितभित्री सडक खण्डमा शुक्रबार मेल
डुङ्गेस्वर गाउँपालिका–२, सेर्माकोट, लाकुरीमा प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने

डुङ्गेस्वर गाउँपालिका–२, सेर्माकोट, लाकुरीमा प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने

    प्रकाशित मितिः २३ आश्विन २०८२, बिहीबार २१:३५
दैलेख — दैलेख जिल्लाको डुङ्गेस्वर गाउँपालिका–२, सेर्माकोट लाकुरीमा प्रथम वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८२ को आयोजना हुने भएको छ। “राष्ट्रको लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको जानकारी आयोजक समिति अध्यक्ष धर्मबहादुर बिष्टले दिएका छन्। बिजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगिता २०८२ साल असोज ३० गतेदेख
सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, दुलाहा–दुलहीसहित १२ जना घाइते

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, दुलाहा–दुलहीसहित १२ जना घाइते

    प्रकाशित मितिः २३ आश्विन २०८२, बिहीबार २१:०५
सल्यानको शारदा नगरपालिका–९, ज्वालापुरमा बिहीबार (असोज २३) जन्ती बोकेको जीप दुर्घटना हुँदा दुलाहा–दुलहीसहित १२ जना घाइते भएका छन् । लु.प्र.०२–००१ ज.००२१ नम्बरको जीप भागाचौरदेखि थापाचौरतर्फ जन्ती बोकेर जाँदै थियो । उक्त जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । प्रहरीका अनुसार, घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
भवन अभावमा दैलेख अस्पतालमा कुर्चीमै उपचार

भवन अभावमा दैलेख अस्पतालमा कुर्चीमै उपचार

    प्रकाशित मितिः २३ आश्विन २०८२, बिहीबार १६:३५
बिरामीको चाप बढेसंगै जिल्ला अस्पताल दैलेखले बिरामीहरूलाई कुर्चीमै राखेर उपचार गरेको छ। २०४२ सालमा ओपिडीका रूपमा बनाइएको साँगुरो भवनमा बेड अभाव हुँदा कुर्चीमै राखेर उपचार गर्न थालिएको हो। १५ शय्याको क्षमता रहेको उक्त अस्पतालमा बिरामीको चाप अत्यधिक बढेपछि हाल ५८ बेडसम्मको व्यवस्थापन गरेर सेवा सञ्चालन भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज विश्वकर्माले जानकारी दिए। उनका अनुसार

जुम्लामा गाडीको सिटमा मृत भेटिए युवक

    प्रकाशित मितिः २३ आश्विन २०८२, बिहीबार १३:०३
मुगुबाट नेपालगन्ज आउँदै गरेको एक गाडीमा २२ वर्षीय युवक मृत फेला परेका छन् । यो घटना गएराति भएको हो । ‎‎मृतक जुम्लाको हिमा गाउँपालिका–१, निवासी गणेश रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । ‎रावत मुगुबाट सोही गाडीमा चढेर जुम्ला आउँदै थिए। ‎‎प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार, रावत ०२००१ ख ११३८ नम्बरको एसएमएल गाडीमा सुतेका थिए । ‎जुम्ला
कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन

कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन

    प्रकाशित मितिः २३ आश्विन २०८२, बिहीबार १३:०१
नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधन भएको छ । जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापतिसमेत रहेका मल्लको कोहलपुरमा उपचारका क्रममा बिहीबार बिहान ३ः ०० बजे ७८ वर्षको उमेरमा भएको निधन भएको कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । मल्लको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । मल्लको आत्माको चीर शान्तिको कामना गर्दै

विपन्नलाई घर बनाइँदै

    प्रकाशित मितिः २३ आश्विन २०८२, बिहीबार ०६:२०
शहरी विकास तथा भवन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षभित्र बाँके जिल्लाका विभिन्न स्थानमा जनताको आवास निर्माण कार्य अघि बढाउने भएको छ । ‘जनता आवास कार्यक्रम’ अन्तर्गत तीन पालिकामा आठवटा घर निर्माण गर्न लागेको हो । नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा आवास निर्माणको प्रक्रिया सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१७ मा ३ घर, जानकी गाउँपालिका–६ मा १ घर, सोही गाउ
बाँकेका केही क्षेत्रमा निषेधाज्ञा जारी

बाँकेका केही क्षेत्रमा निषेधाज्ञा जारी

    प्रकाशित मितिः १९ आश्विन २०८२, आईतवार ०७:०५
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। दुर्गा मूर्ति विसर्जनका क्रममा शुक्रबार दिउँसो दुई समुदायबिच झडप भएपछि शनिबार निषेधाज्ञा जारी गरिएको हो। प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले शनिबार साँझ ७ बजेदेखि अर्को सूचना नआउन्जेल निषेधाज्ञा जारी गरिएको जानकारी दिए। निषेधाज्ञा लागेका क्षेत्रहरूमा नेपाल