☰ open Loading... 30 January 2025|  

प्रदेश खबर

कर्णाली सरकारबाट बाहिरिन सक्ने कांग्रेसको चेतावनी

कर्णाली सरकारबाट बाहिरिन सक्ने कांग्रेसको चेतावनी

    प्रकाशित मितिः ७ माघ २०८१, सोमबार २१:३१
सत्तारुढ कांग्रेस-एमालेबीच भित्रभित्रै बढिरहेको असमझदारी सदनमा छताछुल्ल हुन पुग्यो। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारको कार्यशैलीप्रति व्यापक असन्तुष्टि मात्र जनाएनन् सरकारबाट बाहिरिन सक्नेसम्मको चेतावनी दिए । हिउँदे अधिवेशनको पहिलो बैठक सोमबार बस्यो । र, बैठकलाई लामै सम्बोधन गरेका शाहीले सरकारको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाए । सरकारमा आफू
डायलासिस सेवा नहुँदा कर्णालीका बिरामी मर्कामा

डायलासिस सेवा नहुँदा कर्णालीका बिरामी मर्कामा

    प्रकाशित मितिः ७ माघ २०८१, सोमबार १६:४७
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा जडान गरिएको डायलासिस मेसिन सञ्चालनमा नआउँदा बिरामीहरु मर्कामा परेका छन् । उनीहरु डायलासिस गराउन सुर्खेत,नेपालगन्ज, काठमाडौंका अस्पतालहरुमा जान बाध्य छन् । गत वर्ष भदौ महिनाको १४ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्यमन्त्री मोहनबहादुर बस्नेतले ६ वटा डायलासिस मेसिन प्रदान गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा
युवक कुट्ने असई निलम्बित

युवक कुट्ने असई निलम्बित

    प्रकाशित मितिः ७ माघ २०८१, सोमबार १६:३७
चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडक खण्डमा सवारी जाँचका क्रममा युवक कुट्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल निलम्बित भएका छन्। घटनाको विषयमा छानबिनका लागि भुजेललाई निलम्बित गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आर्चायले जानकारी दिए। उनले भने, 'घटना बाहिर आएपछि छानबिनका लागि हामीले उहाँलाई निलम्बित गरेका छौँ।' चितवन प्रहरीका अनुसार यो
अटोरिक्सा र जिप ठोक्किँदा एकको मृत्यु, तीन घाइते

अटोरिक्सा र जिप ठोक्किँदा एकको मृत्यु, तीन घाइते

    प्रकाशित मितिः ७ माघ २०८१, सोमबार १६:३४
मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४ हापेन चोकमा सोमाबार सवारीसाधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य तीन घाइते भएका छन्। मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए। प्र १–०१–००१ ज ३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र-१–०१–००१ ज ३८५१ न
हुम्लामा ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, तीन घाइते

हुम्लामा ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, तीन घाइते

    प्रकाशित मितिः ६ माघ २०८१, आईतवार १८:३३
हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आइतबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते घएका छन्। चङ्खेली गाउँपालिका–१ दर्बिस्थित बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु ४ त ७७२० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाका ३५ वर्षीय तुले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए। चौध क्विन्टल अनुदानको नुन ढु

कर्णाली सरकार ७० विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण गर्दै (विवरण सहित सार्वजनिक)

    प्रकाशित मितिः ६ माघ २०८१, आईतवार १३:२१
कर्णाली प्रदेश सरकारले अघिल्लो वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षति भएका ७० वटा विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण सुरु गरेको छ। प्रदेश सरकारले विद्यालय भवन र स्वास्थ्य संस्था निर्माणका लागि चालु आर्थिक वर्षमा ५० करोड रूपैयाँ छुट्ट्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले विद्यालय भवन र स्वास्थ्य संस्था पुनर्निर्माणका ला
कर्णाली सरकारको पुँजीगत खर्च सधैं न्यून

कर्णाली सरकारको पुँजीगत खर्च सधैं न्यून

    प्रकाशित मितिः ६ माघ २०८१, आईतवार ०९:३४
चालू आर्थिक वर्षको आधा वर्ष पूरा हुँदा कर्णाली प्रदेश सरकारले पुँजीगततर्फ ८.९० प्रतिशत बजेट मात्रै खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजार बजेट ल्याएको छ। यो बजेट मध्ये १८ अर्ब ७५ करोड ५१ लाख ६८ हजार हजार रुपैयाँ पुँजीगततर्फको हो। पुँजीगततर्फ पुस मसान्तसम्म सरकारले एक अर्ब ६६ करोड ९३ लाख ६० हजार ३८९ रुपैयाँ मात्रै खर्च गरेको छ। यो जम्मा पुँजीगततर्फ छुट्
हुम्लामा जटिल सुत्केरीको सफल शल्यक्रिया

हुम्लामा जटिल सुत्केरीको सफल शल्यक्रिया

    प्रकाशित मितिः ५ माघ २०८१, शनिबार १६:२३
जिल्ला अस्पताल हुम्लामा जटिल सुत्केरी महिलाको सफल शल्यक्रिया भएको छ । स्रोत साधन अभावमा पनि जटिल सुत्केरीको शल्यक्रिया भएको हो । दुर्गम जिल्ला हुम्लामा स्रोत र साधन अभावनमा जटिल सुत्केरीको सफल शल्यक्रिया गर्न सफल भएको जिल्ला अस्पतालका एमडीजीबी डाक्टर हेमबिक्रम शाहीले जानकारी दिए । सिमकोट गाउँपालिका –२ ठेहे गाउँकी २२ वर्षकी आशा परियारको जटिल शल्यक्रिया गरिएको हो । आर्थिक रूपमा कमजोर भएकी प
बाक्लो हुस्सु र कुहिरो, दुर्घटनाको जोखिम बढ्यो

बाक्लो हुस्सु र कुहिरो, दुर्घटनाको जोखिम बढ्यो

    प्रकाशित मितिः ५ माघ २०८१, शनिबार १४:१०
तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर भएको छ। चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो। खासगरी तराई क्षेत्रमा हरेक वर्ष हिउँदमा बाक्लो कुहिरो लाग्ने गरेको छ। जलवायु परिर्वतनका कारण यस वर्ष केही फरक देखिएको छ। कुनै दिन चर्को घाम लाग्ने र कुनै दिन बाक्लो कुहिरो लाग्ने गरेको छ। बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरूले बताएका छन्। सव
हिमपातपछि  देखिएको हुम्लाको सिमकोट बजार र विमानस्थल

हिमपातपछि देखिएको हुम्लाको सिमकोट बजार र विमानस्थल

    प्रकाशित मितिः ५ माघ २०८१, शनिबार १२:३९
हिउँ परेपछि नेपालको अग्लो स्थानमा रहेको सदरमुकाम हुम्लाको सिमकोट बजार र विमानस्थल । चिसोका कारण यहाँको जनजिवन प्रभावित भएको छ । विमानस्थलमा रहेको हिउँ पन्छाएर विमान आवागमन सुचारु गरिरहेको छ ।