महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जनालाई भ्रष्टाचार मुद्दा
प्रकाशित मितिः १३ बैशाख २०८१, बिहीबार १७:१४
कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक बाटो निर्माणका क्रममा अनियमितता गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सव इन्जिनियर हरिप्रसाद पाण्डेय र लेखापाल मलिम रावतवि







