विद्यालय सिकाईमा विज्ञलाई ‘अतिथी शिक्षक’ आमन्त्रण गर्ने खड्काको वाचा
प्रकाशित मितिः २२ बैशाख २०७९, बिहीबार १७:४७
वीरेन्द्रनगर, २२ बैशाख । विद्यार्थीको ज्ञान, सीप र उत्प्रेरणाका लािग विभिन्न विधाका विज्ञहरुलाई ‘अतिथि शिक्षक’ का रुपमा आमन्त्रण गर्ने नेपाली कांग्रेसले वाचा गरेको छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस वीरेन्द्रनगर नगरपालिकाले शैक्षिक क्षेत्रको विकासमा ६ बुँदे प्रतिवद्धता जनाएको हो । नगरप्रमुख पदका उम्मेदवार उपेन्द्र खड्का नेतृत्वको उम्मेदवारहरुलाई जिताउन अपिल गर्दै क









