☰ open Loading... 29 November 2024|  

विज्ञान प्रविधि/मौसम

दुम्सी देखिंदाको हर्ष!

दुम्सी देखिंदाको हर्ष!

    प्रकाशित मितिः २ पुष २०८०, सोमबार ०९:४०
तपाईं–हाम्रा लागि दुम्सी नयाँ नौलो कुरा नहुन सक्छ। जीवनकालमा कति पटक दुम्सीसँग जम्काभेट भएकै पनि हुन सक्छ। तर चीनमा भने दुम्सी पाइयो भनेर एक किसिमको उत्साह नै छायो। खासगरी वैज्ञानिक जगत्मा। चीनको झेजियाङ र एनहुई प्रान्तमा यसअघि नदेखिएको दुम्सी फेला पर्‍यो। यसको गाढा खैरो भुत्ला र त्यस्तै ढाड यसअघि देखा नपरेको भन्दै वैज्ञानिक जगत् खुसी भएको हो। युरोपेली दुम्सीको तुलनामा यसको कान तुलनात्मक रूपमा
पहाडी भूभागमा आंशिक बदली तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

पहाडी भूभागमा आंशिक बदली तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

    प्रकाशित मितिः २३ मंसिर २०८०, शनिबार १०:०२
आज दिउँसो देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैगरी आज राती पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी , गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग

केयूले ल्याएको हाइड्रोजन कार कहिलेदेखि चल्छ ?,

    प्रकाशित मितिः १६ मंसिर २०८०, शनिबार २१:४०
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट चल्ने गाडी हो । विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि केही दिनअघि मात्रै उक्त गाडी नेपाल भित्र्याएको हो । गाडी आइपुगेको करिब तीन साता भइसके पनि इन्धनका कारण अहिलेसम्म सञ्चालनमा हुन सकेको छैन ।

चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि

    प्रकाशित मितिः १५ मंसिर २०८०, शुक्रबार ०७:०१
दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन। बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीक
कर्णालीमा ड्युटीमा रहेका प्रहरीले मोवाइल चलाउन नपाउने

कर्णालीमा ड्युटीमा रहेका प्रहरीले मोवाइल चलाउन नपाउने

    प्रकाशित मितिः १४ मंसिर २०८०, बिहीबार १३:५३
कर्णाली प्रदेशमा कार्यरत प्रहरीले ड्युटीको समयमा मोवाइल चलाउन नपाउने भएका छन्। प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ। यो नियम टीम कमाण्डरको हकमा भने लागू नहुने प्रहरीले जनाएको छ। ‘ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई जरुरी परे कमाण्डरको फोन प्रयोग गर्न दिन निर्देशन दिएका छौं,’ कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम ढकालले भने, ‘सुरक्षा
बुटवलमा सुत्केरीको मृत्यु भएपछि कुटिए अस्पतालका मेसु बस्याल

बुटवलमा सुत्केरीको मृत्यु भएपछि कुटिए अस्पतालका मेसु बस्याल

    प्रकाशित मितिः १३ मंसिर २०८०, बुधबार १०:४३
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी महिलाको मृत्युपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् । गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी अन्दाजी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि मृत्यु भएपछि आफन्तले डाक्टर बस्यालमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा
उत्तराखण्डस्थित सुरुङ्गमा फसेका ४१ जना कामदारको १७ दिन पछि उद्धार

उत्तराखण्डस्थित सुरुङ्गमा फसेका ४१ जना कामदारको १७ दिन पछि उद्धार

    प्रकाशित मितिः १३ मंसिर २०८०, बुधबार १०:३९
भारतको उत्तराखण्डस्थित सुरुङ्गमा फसेका ४१ जना कामदारलाई १७ दिन पछि बाहिर निकालिएको छ।उत्तरकाशीमा बन्दै गरेको सुरुङ्गमा गत १२ नोभेम्बरका दिन काम गरिरहेका ४१ जना कामदार फसेका थिए। सुरुङ्गमा फसेका सबै ४१ जना कामदारलाई सकुशल उद्धार गरेर बाहिर निकालिएको बीबीसीले जनाएको छ। बाहिर निकालिएका सबै कामदारलाई स्वास्थ्य संस्थामा राखेर उपचार सुरु गरिएको उत्तराखण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ। निर्माण
उच्च पहाडी र हिमाली क्षेत्रमा ३ दिनसम्म हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली क्षेत्रमा ३ दिनसम्म हिमपातको सम्भावना

    प्रकाशित मितिः ९ मंसिर २०८०, शनिबार १०:५१
पश्चिमी वायुको आंशिक प्रभावले पहाडी क्षेत्रको मौसम बदली भएको छ । आज सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भएको हो । उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा हिमपात हुने र सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी
तीन प्रदेशका हिमाली भूभागमा हिमपातको सम्भावना

तीन प्रदेशका हिमाली भूभागमा हिमपातको सम्भावना

    प्रकाशित मितिः ३ मंसिर २०८०, आईतवार ०७:२५
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार दिउँसो कोशी
दिल्लीमा प्रदूषणको स्तर हालसम्मकै खराब

दिल्लीमा प्रदूषणको स्तर हालसम्मकै खराब

    प्रकाशित मितिः १ मंसिर २०८०, शुक्रबार १८:४१
भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणको गुणस्तरले खतराको सतह पार गरेको छ। दिपावलीको अवसरमा पटाखाजन्य पदार्थहरूका कारण दिल्लीको प्रदूषण ९९९ एक्यूआई पुगेको भारतको मौसम विभागले जनाएको छ। मौसम विभागका अनुसार दिपावलीको साँझसम्म २१८ एक्यूआई रहेको प्रदूषणको गुणस्तर सोमवार बिहान ९९९ पुगेको हो। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीमा वायुको गुणस्तर एक्यूआई हालसम्मकै खराब श्रेणीमा पुगेको छ।